२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा नेपाली विद्यार्थीको राहत केन्द्र बन्दै ओसिस



अ+ अ-

पछिल्लो केही समययता नेपालबाट विद्यार्थी भिसामा जापान आउने दैनिक जसो बद्ढै गएका छन । केही समय मेहनत गर्दा पढाइसँगै हुने कमाइले भविष्यलाई सुनिश्चित गर्न सकिने भएकोले पनि युवापुस्ताको पहिलो रोजाई बनेको छ जापान । जापानको टोकियोमा १ घण्टा काम गरे बराबर दिउसोमा कम्तिमा ८५० र रातिमा ११०० कमाई हुन्छ ।

केशरमहलस्थित शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाले दिएको जानकारी अनुसार २०७१ वैशाखयता ५ हजार ८ सय ६९ विद्यार्थीले उच्चशिक्षाका लागि जापान आउन भनी ‘नो अब्जेक्सन लेटरु लिइसकेका छन्। पछिल्लो समय प्लस ट पास गरेर जापान जानका लागि नो अब्जेक्सन लेटर लिन संख्या जाने बढेको छ, छात्रवृत्ति शाखाका प्रमुख प्रकाश महर्जनले भने, ‘पढाइका साथै काम पनि गर्न मिल्ने भएकाले जापानमा विद्यार्थी आकर्षित भएका हुन सक्छन्।’ महर्जनका अनुसार उच्चशिक्षाका लागि विगतमा अस्ट्रेलिया जाने विद्यार्थी संख्या पहिलो नम्बरमा थियो, यसपालि जापानले उछिनेको छ।

उच्चशिक्षाका लागि जापान जान चाहनुमा पढाइभन्दा पनि रोजगारी कारक भएको विद्यार्थीको भनाइ छ । उच्च शिक्षाका लागि बाहिरी देश जानेको संख्या क्रमशः बढ्दै गएको शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाले जानकारी दिएको छ। उच्चशिक्षाका लागि जापान जान के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भनी परामर्श लिन आउने विद्यार्थी संख्या धेरै रहेको शैक्षिक परामर्शदाताले जनाएका छन् । ओसिस जापानिज ल्यांगवेज सेन्टर , कालिमाटीका निर्देसक अमृत पन्तका अनुसार जापान जानको लागि दैनिक जसो आफ्नो ईन्स्टिच्युटमा जापानिज भाषा पढ्ने साथै परामर्स लिने विद्यार्थीको संख्या बद्ढै गएको छ । पछिल्लो समय ओसिस जापानिज ल्यांगवेज सेन्टरले जापानको टोक्यो , गुल्मा , साइतामा , योकोहामा लगाएतका ठाउमा काम नपाएका नेपाली विद्यार्थीलाई काम खोज्न साथै केही समस्या परेमा सहयोग गर्दै आएको पन्तको भनाइ रहेको छ ।

जापानको शिन्जुकुमा रहेको ह्युमन एकेडेमी जापानिज ल्यांगवेज स्कुलका नेपाली कर्मचारी बिष्णु तिवारीको भनाइ अनुसार जापानमा संसारकै धेरै सम्भावना र अबसर रहेको हुनाले जापान आएर जो राम्रोसँग भाषा सिकेर काम गर्छ उसलाई पछी अरु बिदेसी विद्यार्थी जस्तो बन्न गाह्रो नहुने तिवारीको भनाइ रहेको छ । जापानमा कामसँगै पढाइलाई पनि निरन्तरता दिन सकिने भएकाले जापान आउन विद्यार्थी उत्साही भएका हुन् ।

जापान आउने विद्यार्थीले यहाँ विधिवतरूपमा पढाइ थाल्नुअघि दुई वर्षसम्म जापानी भाषा कक्षा लिनुपर्छ । जापानी कक्षामा दक्षता हासिल गरेपछि मात्र विद्यार्थीले यहाँको विश्वविद्यालयमा स्नातक वा स्नातकोत्तर तह पढ्न पाउँछन् । जापान स्थित नेपाली राजदुत डा मदन्कुमार भट्टराईले पनि नेपाली विद्यार्थीलाई समस्या परेको बेलामा सहयोग गर्दै आएको बताए।