१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल

पाँच वर्षमा २०० किलोमिटर सडक निर्माण

पाँच वर्षमा २०० किलोमिटर सडक निर्माण
अ अ+ अ-

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले पाँच वर्षमा दुई किलोमिटर सडक निर्माण गरेको छ ।

स्थानीय तहको निर्वाचनपछि आएको जनप्रतिनिधिले ग्रामीण क्षेत्रलाई सडक सञ्जालले जोड्ने अभियान अगाडि बढाएको छ । विकास निर्माणमा पछि परेको यो नगरपालिकाका ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई तीव्र रुपले अगाडि बढाएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका अनुसार सो अवधिमा कृष्णनगरमा ६.५ किलोमिटर कालोपत्र, ६० किलोमिटर आरसिसी र ६० किलोमिटर पिसिसी ढलान सडक निर्माण गरिएको नगरपालिकाका प्रमुख रजतप्रताप शाहले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण विकास निर्माणमा केही समस्या आइपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले ३०० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएका थियौं, कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका सो लक्ष्य पूरा गर्न सकेनौं, अहिलेसम्म २०० किलोमिटर मात्र सडक निर्माण गर्यौं ।”

उहाँका अनुसार सो अवधिमा नगरपालिका क्षेत्रमा ७० किलोमिटर ग्राभेल, पाँच किलोमिटर नयाँ सडकमा माटो पुर्ने र २५ किलोमिटर नाली निर्माण गरिएको छ । यसैगरी नगरको प्रशासकीय भवन, नगर क्षेत्रमा १० वटा कल्भर्ट, एउटा झुलुङ्गे पुल, छिटौनीमा ठूलो पुल, वडा नं ८ र ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएको नगरउपप्रमुख सबनम खातुनले बताउनुभयो । 

शिवराज अस्पतालको शल्यक्रिया भवन, वडा नं १२ मा सहरी स्वास्थ्य क्लिनिक भवन, वडा नं ११ मा स्वास्थ्यचौकी भवन निर्माण कार्य सम्पन्न भएको उहाँको भनाइ छ । कृष्णनगरमा अहिले दुई दर्जनभन्दा बढी स्थानमा विकास निर्माण कार्य भइरहेको छ । त्यस्तै शिवराज अस्पतालमा रु एक करोड ७३ लाखको भवन निर्माणको काम पनि गरेको नगरपालिकाका इञ्जिनीयर प्रदीप चौधरीले बताउनुभयो ।

अहिले कृष्णनगरमा दुई सडक कालोपत्र भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार कृष्णनगरको मडहामा आरसिसी, बहादुरगञ्जमा सडक निर्माण, चैपुरवा पटनामा कालोपत्र, रमवापुरमा आरसिसीको काम भइरहेको छ । सार्वजनिक शौचालयको पनि निर्माण भएको छ । पुर्षोेत्तमपुर, बगहीमा कालोपत्र, सरफरमा आरसिसी सडक, माणामा ट्रस्ट निर्माण र डेबरामा वडा नं ५ को भवन निर्माण कार्य भइरहेको छ । त्यस्तै यहाँका विभिन्न विद्यालयमा ४० कोठा निर्माण सम्पन्न र २९ कोठा निर्माणाधीन अवस्थामा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार एक दर्जनभन्दा बढी विद्यालयमा शौचालय निर्माण भएको छ ।