२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसीप : नेपाल समूह ‘ए’मा



अ+ अ-

आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल नेपाल समूह ‘ए’ मा परेको छ ।

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन् ।

समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघिका संस्करणमा भने नेपाल अन्तिम चरणमा आएर भारतसँग पराजित हुँदै आएको थियो ।

प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । यसपटक हुने प्रतियोगिताको पाँचौ संस्करण हो ।

नेपाल र भारतबीचको खेल शुरु

भारतको लखनउमा जारी एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत नेपालको यू–१९ र भारतको यू–१९ ‘ए’ बीच खेल शुरु भएको छ । लखनउमा शुरु भएको खेलमा टस जितेर नेपालले पहिलो ब्याटिङ रोजेको छ ।

पहिलो खेलमा भारतको यू–१९ ‘बी’ टोलीसँग ४० रनले पराजित भएको नेपाली टोलीले आज दोस्रो खेल खेल्न लागेको हो ।

विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा कप्तान मोहमद आसिफ शेख, ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम छन् । नेपाली टोली सोमबार त्यसतर्फ गएको हो ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)को अयोजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक÷एक यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।