२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.16

Wind: 1.03

Humidity: 77

Latest
राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण आज पनि देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता विश्वप्रसिद्ध बिस्का : जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काईंदै यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन् फुर्वा शेर्पाको निर्देशनमा बनेको पञ्जावी भिडियो ‘खर्चा मार दा’ को चर्चा चुलिँदै दुर्गा प्रसाईंको सचिवालयले भन्यो-सुरक्षाको लागि आफैंले आत्मसमर्पण गर्नुभयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान



अ+ अ-

काठमाडौँ, १५ असोज (रासस) ः सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ ।

यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भुटान, चीन, म्यानमा र थाइल्याण्ड सहभागी हुनेछन् । राउण्ड रोविनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएइ, कतार र कुवेतसँगै पूर्वक्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

प्रस्थान गर्ने खेलाडीमा कप्तान पारस खड्का, अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनिल धमला, सहाब अलाम, दीपेश श्रेष्ठ र सागर पुन रहेको नेपाली टोलीका टोली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।

नेपाली टोलीका मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट, व्यवस्थापकमा रमन हुनुहुन्छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले असोज १७ गते म्यान्मा, २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीन र २६ सिङ्गापुरसँग खेल्नेछ ।

खेलाडीको बिदाइ

असोज २० देखि कात्तिक १ गतेसम्म अर्जेन्टिनामा आयोजना हुने ‘तेस्रो युथ ओलम्पिक गेम २०१८’मा सहभागी हुन ६ सदस्यीय नेपाली खेलाडीको टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा आयोजित कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले खेलाडीको बिदाइ गर्नुभयो ।

प्रतियोगितामा नेपालले ब्याडमिन्टन, एथलेटिक्स र जुडो खेलमा प्रतिस्पर्धा गर्नेछ । ब्याडमिन्टनमा रुकेश महर्जनले पुरुष एकलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै एथलेटिक्समा लुजला अमात्यले २०० मिटरमा तथा जुडोमा सोनिया भट्टले ४४ केजीमुनिको तौलमा प्रतिस्पर्धा गर्ने ओलम्पिक कमिटीले जनाएको छ ।

नेपाली टोलीको नेतृत्व ब्याडमिन्टन प्रशिक्षक किरण थापाले गर्नहुनेछ । उहाँले सेफ दि मिशनको भूमिकासमेत निर्वाह गर्ने जनाइएको छ । यस्तै एलेटिक्सका प्रशिक्षकमा विमला जोशी र जुडोका प्रशिक्षकमा विजयकुमार गुरुङ हुनुहुन्छ । नेपाली टोलीलाई बिदाइ गर्दै अध्यक्ष श्रेष्ठले खेलाडीले उक्त प्रतियोगितालाई आगामी दिनमा आयोजना हुने ठूला प्रतियोगिताका लागि आफूलाई निखार्ने अवसरका रुपमा लिनुपर्ने बताउनुभयो ।