२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेशमान फुटसल उपाधि काठमाडौँ ब्वाइजलाई



अ+ अ-

काठमाडौँ, २३ असोज ः वीर गणेशमान दोस्रो स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि काठमाडौँ ब्वाइज क्लबले प्राप्त गरेको छ ।

नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको उक्त प्रतियोगितामा ढुकु फुटसल क्लबलाई ५–३ गोलअन्तरले पराजित गरी काठमाडौँ ब्वाइज क्लबले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

प्रथम हुने काठमाडौँ ब्वाइज क्लबले रु दुई लाख, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने ढुकु फुटसल क्लबले रु एक लाख, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी तेस्रो हुने गंगटा युवा क्लबले रु तीस हजार र प्रमाणपत्र, चौँथो हुने रेड फुटसल टिमले रु २० हजार र प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।

विजेता खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र वितरण गर्दै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले युवाहरुलाई एकीकृत गर्न फुटसल प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

“पछिल्लो समय शहरी क्षेत्रका युवाहरुलाई फुटसलले आकर्षित गरेको छ, यसलाई देशव्यापी फैलाउनु जरुरी छ ”, उहाँले भन्नुभयो ।

पार्टीका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आन्दोलनबाट ल्याएको अधिकारलाई संस्थागत गर्नका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य जीवन डङ्गोलले लौहपुरुषको सम्झनामा तरुण दल वडाले ठूलो नगदराशीसहित फुटसलको आयोजना गरेर राम्रो कामको थालनी गरेको बताउनुभयो । तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का, पूर्व सांसद कौशर शाह, काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीलगायतले युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा प्रतियोगिताको आयोजना गरेर उदाहरणीय कामको शुरुवात भएको बताउनुभयो ।

असोज १९ देखि सञ्चालन भएको उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका २२ समूहको सहभागीता थियो । गत वर्षदेखि शुरु भएको उक्त प्रतियोगिता आगामी वर्षमा रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको तरुण दल–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिनुभयो ।