२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजकाे खराब प्रदर्शन जारी, भारतको क्लिन स्वीप



अ+ अ-

भारतले वेस्ट–इन्डिजलाई दोस्रो टेस्टमा पनि तीन दिनभित्र १० विकेटले पराजित गरेकाे छ । भारतमा जारी दुई खेलको यस सिरिजमा भारतले दुवै खेल जितेर ‘क्लिन स्विप’ गरेको छ  । दाेस्राे टेस्टमा उमेश यादवले घातक बलिङ गर्दै भारतको सजिलो जित निश्चित गरेका हुन्  ।

वेस्ट–इन्डिज कप्तान जेसन होल्डरले ५६ रनमा ५ विकेट लिएर भारतलाई पहिलो इनिङमा घरेलु टिमलाई ५६ रनको मात्र अग्रता दिएका थिए । तर वेस्ट इन्डिजले त्यसकाे फाइदा लिन सकेन । दाेस्राे इनिङमा इन्डिजकाे विकेट एकपछि अर्काे गर्दै अाउट भयाे, र पूरै टीम धरासायी भयाे ।

भारतलाइ जितका लागि ७२ रनको लक्ष्य मात्र प्राप्त भएकाे थियाे ।

प्रारम्भिक ब्याट्सम्यानद्वय पृथ्वी सव र लोकेश राहुल दुवै समान ३३ रन बनाएर नटआउट रहे । भारतले १६.१ ओभरभित्रै लक्ष भेट्टाएकाे थियाे ।

वेस्ट–इन्डिज भारतको हातबाट टेस्टमा तीन दिनभित्र पराजित भएको यो लगातार दोस्रोपल्ट हो । उमेश दुईपल्ट ह्याट्रिकको अवसरमा पुगेर पनि चुके । उनले ४५ रन खर्चेर चार विकेट लिए । उनी एकै घरेलु टेस्टमा १० विकेट लिने कपिल देव र जवागल श्रीनाथपछि पहिलो भारतीय तीव्र गतिका बलर भएका छन् ।

‘म उमेशकाे प्रदर्शनबाट निकै खुसी छु,’ भारतीय प्रशिक्षक रवि शास्त्रीले भने । उत्कृष्ट बलिङ गर्दै आएका उमेश अधिकांश समय भारतीय टिमका लागि ‘बेन्च’ को खेलाडी साबित भइरहेका छन् । ‘इंग्ल्यान्डविरुद्ध चारै खेलमा उनले खेल्न पाएनन् । कम्तीमा उमेश जत्तिको खेलाडीलाई यसले पक्कै पनि निराश पार्दो हो । यसपल्ट भने उनले घरेलु पिचमा अवसर पाए र आफूलाई सिद्ध गरे । उनले छनोटकर्तालाई तनावमा पुर्‍याएका छन् र यो राम्रो हो,’ शास्त्रीले थपे ।

भारतले तेस्रो दिनको खेल चार विकेट गुमाएर ३ सय ८ रनबाट सुरु गरेको थियो । रिसव पन्त ९२ रन बनाएर आउट भए । उनी लगातार दोस्रोपल्ट शतक बनाउनबाट चुके । अजिंक्या रहाने पनि शतक बनाउन असफल रहे । होल्डर र सनन ग्याब्रिएलले भारतलाई ३ सय ६७ रनमा सीमित पारेका थिए । रहानेले ८० रन बनाए र उनी होल्डरको सिकार बने । उनले नै रवीन्द्र जडेजालाई शून्यमा आउट पारे । रहानेले पन्तसँग मिलेर १ सय ५२ रनको साझेदारी गरे ।

बलरले जस्तो प्रदर्शन गरेका थिए, त्यस्तै मिल्दो प्रदर्शन वेस्ट–इन्डिजका ब्याट्सम्यानले गर्न सकेनन् । पाहुना टिमले निकै खराब सुरुआत लिएको थियो र प्रारम्भिक ब्याट्सम्यान जोडी क्रेग ब्राथवाइट र किरन पावेल दुवै शून्यमा आउट भए । पाहुना टिमका लागि सुनील एबब्रिसको ३८ रन नै सर्वाधिक रह्यो । ‘पक्कै पनि हाम्रो प्रदर्शन निराशाजनक रह्यो । हामीले सक्दो त प्रयास गरेका थियौं, तर भारतले उत्कृष्ट प्रदर्शन गरेको तथ्यलाई भुल्नुहुन्न,’ कप्तान होल्डरले भने ।