२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याराग्लाइडिङ विश्व कपको तयारी पूरा



अ+ अ-

स्याङ्जा, १४ कात्तिक : भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका ९८ खेलाडीले नाम दर्ता गराइसकेको र खेलाडी प्रतियोगिता स्थलमा आउनेक्रम जारी रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महिलातर्फ एकल, महिला र पुरुष गरी कूल चार इभेन्ट्स हुने प्रतियोगितामा १४ गोल्ड मेडल, १४ रजत तथा १४ कास्य पदक प्रदान गरिने बताइएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जिल्ला समन्वय समितिका उपप्रमुख एवं प्रतियोगिता अनुगमन समितिका संयोजक दिलीपकुमार बगालेले बताउनुभयो ।

प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा सम्पन्न हुनेछ ।

यही कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता स्वरेक मैदानमा उद्घाटन र डौवा फाँटमा समापन गरिनेछ ।




भर्खरै