२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङ्ल्यान्ड नेसन्स लिगकाे सेमिफाइनलमा, क्राेएसिया पराजित



अ+ अ-

काठमाडौं । इङ्ल्यान्डले युईएफए नेसन्स लिग फुटबलमा क्रोएसियालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गरेकाे हाे ।  इङ्ल्यान्डका लागि जेसी लिंगार्ड र कप्तान ह्यारी केनले गोल गरेका थिए । क्रोएसियाका लागि आन्द्रेज क्रमारिचले गोल गरेका थिए ।

पहिलो हाफ भने दुबै टिम गाेलरहित बराबरीमा थिए । दोस्रो हाफमा इङ्ल्यान्डले दुई गोल गरेकाे थियाे । क्रोएसियाका लागि ५७ औं मिनेटमा क्रमारिचले गोल गरी अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा लिंगार्डले गोल गरी बराबरी गरेका थिए । ८५ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई २-१ गोलको जित दिलाए ।

जितपछि इङ्ल्यान्डले लिग ‘ए’ समूह ४ बाट ४ खेलमा ७ अंक बनाउँदै सेमीफाइनलमा स्थान बनाएको छ ।

स्वीट्जरल्यान्डले यूईएफए नेसन्स लिग फुटबलमा बेल्जयमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वीट्जरल्यान्डकाे दनादन ५ गाेल

आफ्नै मैदानमा भएको खेलमा स्वीट्जरल्यान्डले बेल्जियमलाई ५–२ गोलअन्तरले पराजित गरेको छ । सुरुवाती समयमा नै दोब्बर गोलको अग्रता बेल्जियमले जोगाउन सकेन । खेलको दोस्रो मिनेटमा नै हजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

फेरी खेलको १७ औं मिनेटमा उनले अर्को गोल गर्दै बेल्जियमलाई दोब्बर अग्रता दिलाएका थिए ।

स्टार खेलाडीले भरिएकाे बेल्जियमले शानदार सुरुवात गरेपनि पछि खराब प्रदर्शन गरेकाे थियाे । खेलको २६औं मिनेटमा नै पेनाल्टीबाट बेल्जियमले गोल खान पुगेको थियो । २६ औ मिनेटमा रिकार्डो रोड्रिग्वेजको गोलबाट स्वीट्जरल्यान्डले २–१ गोलको स्थितिमा पुगेको थियो । स्वीजरल्यान्डको जितमा हरिसले ह्याट्रिक गोल गरे ।

३१औं, ४४ औं र ८४औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक गोल पूरा गरेका थिए । त्यस्तै, खेलको ६२औं मिनेटमा निसो एलभिडीले गरेका थिए ।