२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार गर्न खाेज्ने व्यक्तिकाे सर्पले डसेर मृत्यु



अ+ अ-

चीन । चीनकाे एक होटलमा भएकाे एउटा घटनाले सबैलाइ चकित बनाएकाे छ ।

चीनकाे जियाङ्सी प्रान्तकाे एक हाेटलकाे काेठामा एक व्यक्तिकाे मृत शरीर र तीनवटा सर्प भेटिएकाे छ ।ती व्यक्तिलाइ देखेर फायरफाइटर बाेलाइयाे । फुजहाेउ फायर ब्रिगेडले घटनास्थलमा तत्कालै सातजना फायरम्यान पठायाे ।

त्यहाँ पुगेका फायरम्यानले एउटा सर्प हाेटलकाे काेठामा भेटेका थिए भने अर्काे सर्प खाली काेठामा पसेकाे थियाे । सर्पका साथ एकजना मृत व्यक्ति पनि भेटिएका थिए ।

यसकाे पछिल्तिर निकै खतरनाक कथा छ । त्याे काेठामा एक महिला बस्थिन् । एक व्यक्ति सर्पदेखि डराएकाे नाटक गरी त्याे काेठाभित्र छिरेर ती महिलालाइ बलात्कार गर्न खाेजेकाे थियाे । तर त्यही सर्पले ती व्यक्तिलाइ डस्याे, र त्यसकाे मृत्यु भयाे ।

फायरफाइटर्सका अनुसार ती व्यक्तिसँग विश्वकै निकै विषालु सर्प थियाे । काेठाभित्र उनीहरूले हेर्दा ती व्यक्तिकाे मृत्यु भइसकेकाे थियाे । उनलाइ बचाउन सक्ने कुनै गुन्जाइस नै थिएन ।

झाअाे नामकी महिलाले प्रहरीमा दिएकाे बयान अनुसार एक शंकास्पद व्यक्तिले ती महिलालाइ हाेटलकाे काेठामा लगेका थिए । काेठाभित्र अाउँदा उसले तीनवटा सर्प साथमै लिएर अाएकाे थियाे । ती महिलाका अनुसार त्याे व्यक्तिले सर्प देखाएर बलात्कार पनि गरेकाे थियाे ।  त्यही समय ती सर्पले त्याे व्यक्तिलाइ डस्याे । सर्पले डसेपनि ती व्यक्ति हाेटलकै अाेछ्यानमा सुते । अाधी रात ती महिला घर फर्किन् ।