१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

अमेरिकी राष्ट्रपतिको चुनावको लागि तात्यो वारेन

अमेरिकी राष्ट्रपतिको चुनावको लागि तात्यो वारेन
अ+ अ-

काठमाडौं । अमेरिकामा डेमोक्र्याटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गरेकी छन् । उनी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक हुन् ।

वारेनले अमेरिकी राष्ट्रपतिका लागि प्रारम्भिक तयारी समिति गठन गरेको घोषणा गरेकी छन् । डेमोक्र्याटिक पार्टीभित्र अति लोकप्रिय र खरो स्वभावकी वारेनले प्रारम्भिक चरणमा उम्मेदवारीका लागि पार्टीभित्रको अवस्था बुझ्नेछिन् ।

सो घोषणापछि वारेनले चुनावी खर्च उठाउन पाउनेछिन् भने चुनावी अभियानका लागि आवश्यक कर्मचारी नियुक्ति गर्न पनि पाउनेछिन् । डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिका लागि अन्य प्रभावशाली नेतामध्ये उनी अग्रस्थानमा छिन् । अमेरिकाको आयोवा राज्यको प्रारम्भिक चरणको अभियान सुरु हुनुभन्दा झण्डै १३ महिना अघि वारेनको उम्मेदवारी घोषणा भएको हो ।

‘अमेरिकाका मध्यम वर्गीय जनता चौतर्फी आक्रमणको शिकार भएका छन्,’ वारेनले सार्वजनिक गरेको भिडियो सन्देशमा भनिएको छ । उनी म्यासाच्युसेट्स राज्यबाट सन् २०१३ देखि नै सिनेट सदस्यमा निर्वाचित हुँदै आएकी छन् । उनी अमेरिकी आर्थिक रुपान्तरणका लागि निकै लोकप्रिय नेतृ हुन् ।

‘भ्रष्टाचारले हाम्रो लोकतन्त्रलाई दूषित गरिरहेको छ,’ उनले भनिन्, ‘नेताहरुको ध्यान अन्यत्रै छ । यता ठूला बीमा कम्पनीले अति जरुरी जीवन रक्षक औषधोपचार पनि दिइरहेका छैनन् । ठूला बैंकहरुले उपभोक्तालाई ठगिरहेका छन् भने ठूला तेल कम्पनीले हाम्रो पृथ्वी ग्रहलाई क्षतविक्षत पारिरहेका छन् । त्यही कारण राष्ट्रपतिको उम्मेदवार हुन प्रारम्भिक तयारीका लागि एक समिति बनाएकी छु ।’

सरकारी स्कुलकी पूर्वशिक्षिका एवं हार्वर्ड विश्वविद्यालयकी कानुन विषयकी प्राध्यापक वारेन उपभोक्ता र श्रमिक अधिकारकी प्रखर अधिवक्ता पनि हुन् । तर अमेरिकी जनताले राष्ट्रपति ट्रम्पसँग जुध्न वारेनका सीमामाथि ध्यान दिने सम्भावना छ । दुवै नेताबीचको रस्साकस्सीले मिश्रित प्रतिफल दिएको छ ।

वारेनको पछिल्लो घोषणाप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिँदै आफूलाई सन् २०२० मा राष्ट्रपतिबाट विस्थापन गर्न नसक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले वारेन उठ्ने विषयमा फक्स न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा व्यंग्यात्मक शैलीमा भने, ‘तपाइँले वारेनका मनोरोग चिकित्सकलाई सोध्नुपर्छ ।’

राष्ट्रपति ट्रम्प नै सन् २०२० मा रिपब्लिकन पार्टीका तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुने सम्भावना छ । डेमोक्र्याट पार्टीबाट सन् २०२० को राष्ट्रपति चुनावमा जुलियन क्यास्ट्रो, जोन डिलानी र रिचार्ड ओजेडासमेतका तीन दर्जन उम्मेदवार हुने सम्भावना छ । अमेरिकामा राष्ट्रपति पदका लागि सन् २०२० को नोभेम्बर ३ मा निर्वाचन हुनेछ । समाचार राजधानी दैनिकमा छ ।