२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक चिसोपछि विद्यालय बन्द



अ+ अ-

हुम्ला । अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् ।

सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताउनुभयो ।

“आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुआत गरिनेछ,” मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भन्नुभयो । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् ।

विस्फोटक पदार्थ ढुवानी

कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनाको याछरा भीर फुटाउनका लागि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबारदेखि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इञ्जिनीयर शशाङ्क मिश्रले जानकारी दिनुभयो ।

काठमाडौँबाट सुर्खेतहुँदै विष्फोटक पदार्थ हुम्ला ढुवानी गरिएको हो । सो विस्फोटक पदार्थ सिमकोट–हिल्सा, खार्पुदेखि सुनाखाडा र छारेदेखि सलिसल्लासम्मको सडक निर्माणमा प्रयोग गरिने मिश्रले बताउनुभयो । रासस