१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै

मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै
अ+ अ-

नेपालगञ्ज । दलालहरुले नयाँ/नयाँ सञ्चार प्रविधिको प्रयोग गर्न थालेपछि मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । “रोकथामका लागि हामीले अपनाउने उपाय भन्दा दलाल सधैँ एक कदम अगाडि हुने भएकाले पनि रोकथाममा जटिलता आएको छ” माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइराला बताउनुहुन्छ ।

पहिले गरीब घरपरिवारका महिला तथा बालिकालाई दलालले बिक्रीका लागि तारो बनाउथे भने अहिले धनी वर्गका महिला तथा बालिकाहरु समेत बेचिने गरेका छन् । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग गरेर महिला र बालबालिकालाई रोजगारीका नाममा प्रलोभनमा पारी दलालहरुले भारतलगायत तेस्रो मुलुकमा बिक्री गर्दै आएको संयोजक कोइरालाले बताउनुभयो ।

सञ्चार प्रविधिमा दलालले अहिले ‘इमो’को प्रयोग गर्दै आएका छन् ।

विगत एक वर्षको अवधि ९सन् २०१८० मा माइती नेपाल क्षेत्रीय कार्यालय, नेपालगञ्जले भारत, दुबई र कुवेतवाट श्रम र यौन शोषणमा परेका ८२ जनाको उद्धार गरेको तथ्याङ्कले पनि मानव बेचबिखनको अवस्था पछिल्लो समय अझ जटिल बन्दै गएको देखाएको छ । सो अवधिमा सबैभन्दा बढी बाँकेबाट २१०, सुर्खेतबाट ११०, दाङबाट ११९ र बर्दियाबाट ९७ जना जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई नेपाल—भारतको सीमा क्षेत्रबाट माइती नेपालले उद्धार गरेको थियो ।

त्यस्तै जोखिमपूर्ण यात्रा गर्नेमा प्रदेश नं– ५ कर्णाली र सुदूरपश्चिम क्षेत्रका अन्य जिल्लाका महिला, युवती र बालिका धेरै रहेको संयोजक कोइराला बताउनुहुन्छ । मानव बेचबिखन रोकथाममा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट अनेकन प्रयास भए पनि सार्थक परिणाम आउन सकेको छैन् । ‘छुट्टाछुट्टै कार्यक्रम सञ्चालन हुनु, मानव बेचबिखनको सवाल राजनीतिक पार्टीका मुद्दा बन्न नसक्नु, सरकारले भरपर्दो संरचना निर्माण गर्न नसक्नुका कारण रोकथामका लागि अनेकन प्रयास भए पनि परिणाम सोचे जस्तो आउन नसकेको हो’–नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको बुझाइ छ ।

माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार, विगत एक वर्षको अवधिमा प्रदेश नं– ५ कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका जोखिमपूर्ण यात्रामा रहेका ९२० जनालाई बाँकेको नेपाल—भारत सीमा नाकाबाट उद्धार गरिएको छ । एक वर्षको अवधिमा हराएका परिवारका सदस्यको खोजीका लागि माइती नेपाल क्षेत्रीय कार्यालयमा ८७५ जनाको निवेदन पर्नुले मानव बेचबिखन रोकथाम थप जटिल भएको सहजै बुभ्mन सकिन्छ । त्यस अवधिमा परेको निवेदनमध्ये १४० जना मात्रै फेला परेका छन् ।

नेपालको कानूनले मानव बेचबिखनलाई गम्भीर प्रकृतिको फौजदारी अपराधको सूचीमा राखेको छ । मानिसलाई किन्ने वा बेच्नेलाई २० वर्षसम्मको कैद र रु दुई लाखसम्मको जरिवाना तोकेको छ । यसैगरी, मानिसलाई किन्ने वा बेच्ने उद्देश्य राखी अन्यत्र लैजानेलाई १० देखि १५ वर्ष सम्मको कैद र रु ५० हजारदेखि रु एक लाखको जरिवानाको व्यवस्था गरेको छ । ‘कानूनले सजायको यति कडा व्यवस्था गरे पनि न्यायको प्रक्रिया झन्झटिलो हुँदा अधिकांश पीडित अदालतको ढोकासम्म पुग्न चाहदैनन् र आपसमै कुरा मिलाएर घटना सामसुम पार्ने गरेका छन्’—अधिवक्ता वसन्त गौतमको अनुभव छ ।

मानव बेचबिखन रोकथाम प्रभावकारी नहुनुमा पीडक राजनीतिको प्रभावमा रहनु पनि एउटा महत्वपूर्ण कारण हो । ‘पक्राउ परेका दलाल कुनै न कुनै राजनीतिक पार्टीको नजिक हुनुले कारवाही प्रक्रिया शुरु हुनासाथ दबाब, पीडितलाई मिलापत्र गर्न धम्की दिने, परिवारका सदस्यलाई तर्साउने, आर्थिक प्रलोभन दिने गरेकाले नै मानव बेचबिखन चुनौती बनेको छ’—संयोजक कोइरालाले भन्नुभयो ।
रासस