३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा जबराको कार्य सुरु, जोशीलाई दिएनन् पेशी



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

आज मात्रै राष्ट्रपतिबाट सपथ लिएका जबराले अदालतको सम्मान गर्दै जोशीलाई अब पेशी नदिन सरकारसँग अपिल गरेका हुन् । उनले आफु प्रधानन्यायाधीशको कार्य भार सम्हालेका दिननै जोशीलाइ पेशीबाट अलग राखेका छन् ।

जबरा नियुक्ति भएको दिननै जोशीलाइ सर्वोच्चमा आफ्नो स्वागत गर्न रोक लगाएपनि जोशी भने सहपाटि भएको कारण जबरालाई उनकै कार्यकक्षमा पुगेर बधाई दिएका थिए ।

नवनियुक्त प्रधानन्यायाधीश जबराले जोशी आफ्नो सहपाठी भएको भन्दै सबैको भावना बुझेर निकास दिन आग्रह गरेका छन् । उनले भने, ‘अदालतलाई बन्धक बनाउनु हुँदैन । उहाँले अदालतलाई निकास दिनुहुन्छ भन्ने आशा छ ।’

प्रधानन्यायाधीशमा संसदीय समितिबाट अस्वीकृत भएपनि जोशीले भने अदालत जान छाडेका छैनन् ।