१६ भाद्र २०८३, मंगलवार
,
Latest
सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस सरकार बाढीपीडित नागरिकसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरु सामाजिक सञ्जालमा रमाइरहेका छन्ः झाँक्री सुरुङमा फसेका नागिरकको उद्धारमा विज्ञ परिचालन गर्न सरकारलाई राप्रपाको आग्रह विपद् व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्री साह र सभापति लामिछानेबीच नियमित संवाद भइरहेको छः प्रवक्ता खरेल विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापती देउवाका खास मान्छे कालोसूचीमा, पदमा बस्न अयोग्य



अ+ अ-

काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल २८ वर्षदेखि कालो सूचीका ऋणी भएको खुल्न आएको छ। मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि ०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैँकले जनाएको छ।

मल्ल, उनका भाई मदनबहादुरलगायत मल्ल समूहले ०४१/०४२ सालमा नेपाल बैँकबाट ९८ लाख ५३ हजार रुपैयाँ ऋण लिएका थिए भन्ने खबर कान्तिपुर दैनिकमा छ।

ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवा ब्याज केही पनि भुक्तानी नगरेपछि ०४७ कात्तिक ३० देखि बैंकले कालो सूचीमा राखेको हो। यस आधारमा मल्ल प्रदेश प्रमुख हुन अयोग्य रहेको कानुनविद्हरुले प्रतिक्रिया दिएका छन्।

तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघमा मल्लसहित सात जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।




भर्खरै