१५ भाद्र २०८३, सोमबार
,
Latest
अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न सरकारको आग्रह बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा पूर्व प्रधान न्यायाधीशमाथि शक्तिको दुरुपयोग गरेको आरोप



अ+ अ-

सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उहाँ विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ ।

सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो । अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ ।

अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतका अरु दुई जना अवकाशप्राप्त न्यायाधीशहरु पार्क बायाङ–डाई र को योङ–हान का विरुद्ध समेत अभियोग लगाएका छन् । उनीहरुलाई भने प्रहरी थुनामा राखिएको छैन ।

प्रधान न्यायाधीश याङमाथि मुख्यतः पूर्व राष्ट्रपति पार्क गिउन–हे को सरकारमाथि जानाजान छुटहरू दिएको आरोप छ । उहाँ सन् २०११ देखि २०१७ सम्म दक्षिण कोरियाको प्रधान न्यायाधीश हुनुहुन्थ्यो ।

दक्षिण कोरियाको न्यायिक इतिहासमै पक्राउ पर्ने याङ पहिलो वरिष्ट न्यायाधीश हुनुहुन्छ । उहाँमाथि अब फौजदारी अभियोगमा सुनुवाई हुनेछ ।

अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतमा रहेको राष्ट्रिय अदालत प्रशासन ९एनसीए० को प्रयोग गरी याङले पूर्व राष्ट्रपतिका पक्षमा महत्वपूर्ण राजनीतिक प्रकृतिका मुद्दाहरुको सुनुवाईमा प्रभाव पार्ने गरेको बताएका छन् ।

याङले भने ती आरोपको खण्डन गर्नुभएको छ ।

सर्वोच्च अदालतबाट भएका न्यायिक घोटालाले मुलुकमै खैलाबैला मच्चिएको थियो । यी घटनाक्रमले न्यायिक क्षेत्रमाथि अभूतपूर्व जाँचको अवस्था निम्त्याएको थियो ।

प्रश्न उब्जिएको एउटा सुनुवाईमा जापानले जबर्जस्ती काममा लगाएका पीडित कोरियालीले दायर गरेको मुद्दाको सुनुवाईमा विवादास्पद रुपमा ढिलाई गरेको आरोप छ । अभियोजनकर्ताहरुले याङ र उहाँका अधिकारीहरुले जानाजान अदालतको बहसमा ढिलाई गरेको बताएका छन् । टोकियोसँग मित्रवत सम्बन्ध स्थापना गर्न इच्छुक पूर्व राष्ट्रपतिलाई अनुकूल हुनेगरी मुद्दाको सुनुवाई गरेको याङमाथि आरोप छ ।

सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश कीम मियोङ–सूले गत वर्ष अक्टोबर र नोभेम्बरमा पीडितको पक्षबाट अन्तिम आदेश दिइसक्नुभएको छ ।

अभियोजनकर्ताहरुले एनसीएका उपप्रमुख लीम जोङ–हुनमाथि पनि सोमबार अरु आरोप दर्ता गरेका छन् । लीममाथि पूर्व राष्ट्रपति पार्कको सरकारको पक्षमा फैसलाहरु गराउने तथा त्यसो गर्न अस्वीकार गर्ने न्यायाधीशको सरुवा गर्ने गरेको आरोप छ ।

अभियोजनकर्ताहरुले शक्तिको दुरुपयोगको आरोपमा अरु पनि न्यायाधीशमाथि अभियोग लगाउने सम्भावना रहेको बताएका छन् ।