२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको विहारमा चुनाव, नेपालमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय !



अ+ अ-

धनुषा । भारतको विहारमा हुन लागेको लोकसभा चुनावमा नेपाल भारत सिमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय भएको छ ।

नेपाल–भारत बोर्डर सुरक्षा बैठकको क्रममा सोमबार जनकपुरमा दुई देशका अधिकारीहरूले चुनावको बेलामा नेपालबाट भारतमा नक्कली नोटको प्रवाह हुन सक्ने भन्दै कडाई गर्ने निर्णय गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले भने, ‘खुल्ला सिमानाका कारण चुनाव प्रभावित गर्ने नक्कलीनोटको ओसार पसार हुनसक्ने खतरा बारे बैठकमा छलफल भयो ।’

‘भारतीय नक्कली नोट, मानव ओसारपसार, मदिरा बेचबिखन र अवैध कारोबारमा विशेष निगरानी गर्ने निर्णय भएको छ।’, प्रजिअले भने ।

चुनावका बेला नेपाल–भारत सीमामा आपराधिक क्रियाकलाप हुन नदिन दुवैतर्फका सुरक्षा निकायले निगरानी बढाउने निर्णय पनि भएको उनले बताए।

भारत, विहार राज्यको मधुवनीसँग जोडिएका महोत्तरी, धनुषा, सिराहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग भारत विहारको मधुवनीका डीएम कपिल अशोकले नेतृत्व गरेको समूहले लोकसभा चुनावको सुरक्षा अवस्था बारे छलफल गरेका थिए।