१५ भाद्र २०८३, सोमबार
,
Latest
अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न सरकारको आग्रह बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीको एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्य



अ+ अ-

नयाँ दिल्ली । दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ ।

घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन् ।

करोल बाघस्थित गुरूद्वारा सडकमा रहेको अर्पित होटेलमा मङ्गलबार विहान करिब साढे चार बजेको समयमा आगलागी भएको सूचना विभागमा भएको र तत्काल बारूण यन्त्रसहित केही अग्नी नियन्त्रक त्यसतर्फ गएपनि उनीहरूलाई जोगाउन नसकिएको प्रहरी उप–आयुक्त एमएस रान्धावाले बताउनुभयो ।

विभागका प्रमुख अतुल गर्गले भन्नुभयो, “उद्धार टोलीलाई विहान ४ः३५ मा सूचना प्राप्त भए लगत्तै उद्धारका लागि पठाइएको र उक्त टोलीले होटेलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गर्न सकिएको थियो भने १७ जनाको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो ।”

उद्धार टोलीले घटनास्थलबाट १३ जनाको मृत शरीर राम मनोहर लोहिला अस्पताल र अन्य चार जनाको मृत शरिर लेडी हार्डिनेज मेडिकल कलेज तथा बिएलके अस्पताल अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको छ ।

एक महिला र एक बालकले आगलागीपछि आत्तिएर अस्पताल भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको अस्पतालको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ ।

आगोमा जलेर घाइते बनेका ११ जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी उप–आयुक्तले भन्नुभयो, “आगलागी घाइते केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या केही बढ्नसक्ने देखिएको छ ।”

चारतले होटेलमा ३५ कोठा रहेका थिए भने सोमबार उक्त होटेल एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको उहाँले बताउनुभयो ।

आगलागी कसरी शुरू भयो भन्नोबारे समाचार तयार पार्दासम्म स्पष्ट कारण खुलिसकेको छैन तर छानविन शुरू भैसकेको छ, दिल्लीका प्रहरी उप–आयुक्त रान्धावाले भन्नुभयो ।