१५ भाद्र २०८३, सोमबार
,
Latest
अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न सरकारको आग्रह बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै जारी छ : गृहमन्त्री थापा



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा कायम गर्ने गहन जिम्मेवारी प्रहरीमा छ भन्दै पेशागत निष्ठा र सेवाग्राहीले अनुभव गर्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिए ।

उनले नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल रहेको र ९० प्रतिशत बढी प्रतिवादीलाई कानूनी कठघरामा उभ्याइनुुुु सङ्गठनको व्यावसायिकताकै सूचक भएको उल्लेख गरे । गृहमन्त्री थापाले व्यक्तिगत त्रुटि र लापर्वाहीले सङ्गठनप्रतिको नागरिकको भरोसा घट्ने बताउँदै त्यसमा सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

हिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै जारी रहेको र राष्ट्र र संविधान विरोधी गतिविधि प्रदर्शन भइरहेको छ भन्दै उनले देशलाई विखण्डनतर्फ लैजाने समूहका गतिविधिमा चनाखो बन्न प्रहरीलाई आग्रह गरे । गलत मनशायले निर्दोषलाई अपराधी घोषित गर्ने प्रवृत्तिबाट पनि सबै सचेत हुनुपर्नेमा उनको जोड थियो ।

“असमर्थन गर्न पाइन्छ तर अराजक बन्न पाइँदैन, सबै सम्भावना र शक्ति विरोधमा मात्रै खर्च गर्ने हो भने समृद्ध र समुन्नत नेपाल बनाउने कसरी, यो सोचनीय विषय होइन र ?”, गृहमन्त्री थापाले भने । उनले नेपाल प्रहरी सुधारको बाटामा अगाडि बढेको बताउँदै सुरक्षा सरकारको प्राथमिकता र दिगो विकासका लागि अनिवार्य शर्त भएको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दीक्षित प्रहरी कर्मचारीलाई सिकेका सीपलाई कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर प्रयोग गर्न आग्रह गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले ६२ वर्षअघि स्थापना भएको प्रतिष्ठानको आजै ६३ औँ वार्षिकोत्सवसमेत परेको जानकारी दिँदै यस पटक १९ महीनाको तालीम पार गरी १२ महिलासहित ९५ प्रहरी निरीक्षक दीक्षित भएको बताए । त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले सिकेका ज्ञान सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षणका क्रममा अध्ययनमा सर्वप्रथम हुन सफल कमल क्षेत्री, द्वितीय कुशराम कार्की र तृतीय विष्णुबहादुर बस्नेत, कवाजमा प्रथम सुशील थापा, शारीरिक व्यायाममा प्रथम राकेश रेग्मी, प्रहरी युक्ति तथा कारवाहीमा प्रथम प्रदीप सुवेदी र चाँदमारीमा प्रथम शेखरकुमार शाहलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा पूर्वसमादेशक चिन्तबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।