२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशपिच्छे एसईई प्रश्नपत्र फरक-फरक



अ+ अ-

काठमाडौं। यस वर्ष माध्यमिक शिक्षा परिषद् (एसईई) को व्यवस्थापन प्रदेशले गनै भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौँ संशोाधनले गरेको व्यवस्थाबमोजिम एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको हुनेछन् ।

एसइईईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन् । परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र ग्रेडवृद्धिका लागि ५० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

‘सातवटै प्रदेशका लागि छुट्टाछ्ट्टै प्रश्नपत्रको सेट तयारी हुन्छ । उत्तरपुस्तिका प्रदेश आफैंले छापिसकेको छन्,’ पौडेलले भने, ‘पाठ्यक्रममै आधारित प्रश्नपत्रको स्तर एउटै हुन्छ तर सेट भने फरकफरक हुन्छ । फागुन १ देखि प्रश्नपत्र छपाइ कार्य कडा सुरक्षामा सुरु हुन्छ ।’ यो समाचार नागरिक दैनिकमा छापिएको छ।