९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने
अ अ+ अ-

काठमाडौँ। नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डिएनए ‘प्रोफाइलिङ’ सुरु गरेको छ ।

बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकीन गर्न प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ सुरु गरेको हो । प्रहरी अस्पतालमा आज अपराह्न ५ः०० बजेसम्म सम्पर्कविहीन भएका परिवारका ५३९ वटा डिएनए प्रोफाइलिङका लागि नमुना सङ्कलन गरिएको छ ।

प्रहरी अस्पतालका प्रवक्ता रामेश्वर अधिकारी भन्नुहुन्छ, “सम्पर्कविहीन आफन्त आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र दुईप्रति फोटो लिएर अस्पताल आएर आफ्नो नमुना दिन सक्नेछन् ।”

उनीहरूले अस्पतालमा उपलब्ध फाराम भर्नुपर्ने र फाराम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गर्ने र तत्पश्चात् विशेषज्ञ प्राविधिक टोलीबाट नमुना सङ्कलन गर्नेछ । सङ्कलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा पठाइनेछ ।

प्रहरी टोलीले बाढी प्रभावित क्षेत्रमा बाढीका कारण मृत्यु भएका व्यक्तिको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्दै शव व्यवस्थापनको काम गरिरहेको छ । शव फेला परेको स्थानमा आवश्यक मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा झोलामा राख्ने, फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने, सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवको तस्बिर तथा उपलब्ध पहिचानसम्बन्धी विवरण प्रदर्शन गरिएको प्रहरीले जनाएको छ ।

पहिचान खुल्न नसकेका शवको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत÷कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्रीलगायत विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको छ । वैज्ञानिक रूपमा शवको पहिचान गर्न सकिने गरी डिएनए नमुना सङ्कलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको छ ।

फेला परेका शव वा शरीरका अङ्गको डिएनए परीक्षणमार्फत पहिचान गर्न नजिकको रगतको नाता बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना आवश्यकपर्ने प्रहरीले जनाएको छ ।

हराइरहेका विदेशी नागरिकको हकमा उक्त व्यक्तिको विदेशमै रहेका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले विदेशमा नै डिएनए प्रोफाइलिङ गरी तुलनाका लागि डिएनए प्रोफाइलको ‘सफ्ट’कपी प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन् । रासस