२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता



अ+ अ-

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । उसले बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।

आइ.एम.ई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवनबीमा बिस्तार गर्नु रहेको छ ।