८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान झडप, २४ घण्टामा ५० को मृत्यु



अ+ अ-

काबुल । अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् ।

तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबा छ लडाकूको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद नादिरले सिन्ह्वालाई बताउनुभयो ।

त्यस्तै सुरक्षाकर्मीले उरुजगानमा शुक्रबार राति गरेको सुरक्षा कारबाहीमा २२ जना विद्रोही लडाकूको मृत्यु भएको र १६ जना घाइते भएका सुरक्षा अधिकारी जैनुल्लाहले बताउनुभयो ।

यसैगरी उत्तरी सारी पुल प्रान्तको सायद जिल्लामा २३ विद्रोही लडाकूको मृत्यु भएको र २६ जना घाइते भएका उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताउनुभएको छ ।

तालीवान समूहले शनिबार समाचार तयार पार्दासम्म यी घटनाबारे कुनै औपचारिक प्रतिक्रिया जनाइसकेको छैन ।
दक्षिणी कान्दाहारमा तालिवान विद्रोहीको आक्रमणमा परी एक प्रहरीसहित एक सर्वसाधारणको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ ।