८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग



अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेर हद लगाउन माग गरेका हुन् ।

“विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन,”–उनले भने । तदर्थ समितिले छ महीनाभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप उपाध्यक्ष रहनुभएका रामप्रसाद अधिकारीको थियो । विस २०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दुई वर्ष पाँच महीना काम गरेको थियो