८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलको २५ करोड फिर्ता, किसानले प्राप्त गरेको पुष्टि हुने गरी ‘यथार्थ कागजात’ फेला परेन



अ+ अ-

काठमाडौँ । कृषि सामग्री कम्पनीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २५ करोड रुपैयाँ फिर्ता गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले उक्त रकम फिर्ता गरेको जानकारी दिए।

कम्पनीलाई खरिद गरेर किसानलाई उपलब्ध गराउन रकम दिइएकोमा त्यो काम नगरेपछि
रकम फिर्ता मागिएको हो।

मन्त्रालय स्रोतका अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयबाट वार्षिक पाउने अनुदानित मलकै कोटामा रहेको स्टकबाट रासायनिक मल वितरण गरी कृषि सामग्रीले थप २५ करोडको नक्कली तथ्य उपलब्ध गराएर परियोजनाको रकम हिनामिना गर्ने नियत राखेको थियो।

रकम उपलब्ध गराउने निकाय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख लक्ष्मण पौडेलले आफैले पनि उक्त रकम बराबरको मल किसानले प्राप्त गरेको पुष्टि हुने गरी ‘यथार्थ कागजात’ फेला नपरेको जानकारी दिएका थिए।