८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

साला हराएको त्यो दिन



अ+ अ-

काठमाडौँ ।प्रिमियर लिग क्लब कार्डिफ सिटीमा सम्झौता गरेको ठीक तीन दिनपछि अर्थात गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट नयाँ क्लब कार्डिफ सिटी जान वेल्सका लागि उडेका एक फुटबलर चढेको विमान दुर्घटना भएको खबरले फुटबल जगत स्तब्ध बन्यो ।

गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा अर्जेन्टिनी स्ट्राइकर र पाइलट डेभिड इबोटसन सवारी पिपर मालिबु एन २६४डीबी विमान बीच बाटोमै बेपत्ता भएको थिए ।

जतिबेला उनको रहरको लिगमा उनकै पर्खाइ भइरहेको थियो ।

निजी लगानीमा विमानको खोजीमा लागेका डेभिड मर्नसले गुएर्नसे नजिकै विमानको भगनावशेष फेला पारेका थिए ।

फ्रेन्च क्लब नान्टेसबाट प्रिमियर लिग क्लब कार्डिफ सिटीमा कीर्तिमानी मूल्यमा अनुबन्धित भएका एमिलियानो सालाको प्रिमियर लिग खेल्ने सपना पूरा भएन । उनका समर्थकको उनलाई प्रिमियर लिगमा हेर्ने इच्छा पनि अधुरै रहृयो । उनी खेल जीवनको मध्यान्तरबाटै अस्ताए ।

नान्टेसबाट बिदा भएर कार्डिफका लागि उडेका साला अवतरण हुन पाएनन् । उनी चढेको विमान दुर्घटनामा पर्‍यो ।

साला बेपत्ता भएपछि उनको खोजी तत्कालै थालिए पनि ८० घन्टासम्मको खोजीपछि पनि उनको टुंगो नलागेपछि २ दिन खोजी रोकेर पुनः निजी क्षेत्रको पहलमा उनको खोजी थालिएको थियो ।

सालाको निधनले उनको शहर कुलुलु मात्रै होइन विश्वभर रहेका फुटबल समर्थक शोकमा छन् । अझ अर्जेन्टिनाको ग्रामीण क्षेत्र सान्ता फेको कुलुलु शहर त सालालाई स्थानीय ‘हिरो’ का रुपमा नै सम्झन्छ ।