२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साला हराएको त्यो दिन



अ+ अ-

काठमाडौँ ।प्रिमियर लिग क्लब कार्डिफ सिटीमा सम्झौता गरेको ठीक तीन दिनपछि अर्थात गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट नयाँ क्लब कार्डिफ सिटी जान वेल्सका लागि उडेका एक फुटबलर चढेको विमान दुर्घटना भएको खबरले फुटबल जगत स्तब्ध बन्यो ।

गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा अर्जेन्टिनी स्ट्राइकर र पाइलट डेभिड इबोटसन सवारी पिपर मालिबु एन २६४डीबी विमान बीच बाटोमै बेपत्ता भएको थिए ।

जतिबेला उनको रहरको लिगमा उनकै पर्खाइ भइरहेको थियो ।

निजी लगानीमा विमानको खोजीमा लागेका डेभिड मर्नसले गुएर्नसे नजिकै विमानको भगनावशेष फेला पारेका थिए ।

फ्रेन्च क्लब नान्टेसबाट प्रिमियर लिग क्लब कार्डिफ सिटीमा कीर्तिमानी मूल्यमा अनुबन्धित भएका एमिलियानो सालाको प्रिमियर लिग खेल्ने सपना पूरा भएन । उनका समर्थकको उनलाई प्रिमियर लिगमा हेर्ने इच्छा पनि अधुरै रहृयो । उनी खेल जीवनको मध्यान्तरबाटै अस्ताए ।

नान्टेसबाट बिदा भएर कार्डिफका लागि उडेका साला अवतरण हुन पाएनन् । उनी चढेको विमान दुर्घटनामा पर्‍यो ।

साला बेपत्ता भएपछि उनको खोजी तत्कालै थालिए पनि ८० घन्टासम्मको खोजीपछि पनि उनको टुंगो नलागेपछि २ दिन खोजी रोकेर पुनः निजी क्षेत्रको पहलमा उनको खोजी थालिएको थियो ।

सालाको निधनले उनको शहर कुलुलु मात्रै होइन विश्वभर रहेका फुटबल समर्थक शोकमा छन् । अझ अर्जेन्टिनाको ग्रामीण क्षेत्र सान्ता फेको कुलुलु शहर त सालालाई स्थानीय ‘हिरो’ का रुपमा नै सम्झन्छ ।