५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानुभक्त कुभिण्डेलीका दुई कृति विमोचन



अ+ अ-

भद्रपुर । झापा भद्रपुरका सर्जक भानुभक्त कुभिण्डेलीका दुई कृति एकैसाथ विमोचन गरिएको छ । झापाको कमल गाउँपालिकामा आयोजित कार्यक्रममा कुभिण्डेलीको जागिर भित्रको व्यथा’ कविता संग्रह तथा ‘संस्मरणका क्षणहरू’ आत्मकथा संग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरूङले विमोचन गरेका हुन् ।

कमल गाउँपालिकाको आयोजनामा वाल्मीकी बृहद साहित्यिक कार्यक्रमको अवसरमा विमोचित कार्यक्रममा प्रा. डा. टंक न्यौपाने, प्रा. डा. देवी नेपाल, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

खोटाङ जिल्लाको साविक कुभिण्डेमा जन्मिएका सर्जक भानुभक्त सुवेदी हाल भद्रपुर ९ का स्थायी बासिन्दा हुन् । प्रगतिशील विचारधाराबाट प्रभावित कुभिण्डेली भोजपुर जिल्लामा शिक्षण गर्दै आएका छन् ।