२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानुभक्त कुभिण्डेलीका दुई कृति विमोचन



अ+ अ-

भद्रपुर । झापा भद्रपुरका सर्जक भानुभक्त कुभिण्डेलीका दुई कृति एकैसाथ विमोचन गरिएको छ । झापाको कमल गाउँपालिकामा आयोजित कार्यक्रममा कुभिण्डेलीको जागिर भित्रको व्यथा’ कविता संग्रह तथा ‘संस्मरणका क्षणहरू’ आत्मकथा संग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरूङले विमोचन गरेका हुन् ।

कमल गाउँपालिकाको आयोजनामा वाल्मीकी बृहद साहित्यिक कार्यक्रमको अवसरमा विमोचित कार्यक्रममा प्रा. डा. टंक न्यौपाने, प्रा. डा. देवी नेपाल, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

खोटाङ जिल्लाको साविक कुभिण्डेमा जन्मिएका सर्जक भानुभक्त सुवेदी हाल भद्रपुर ९ का स्थायी बासिन्दा हुन् । प्रगतिशील विचारधाराबाट प्रभावित कुभिण्डेली भोजपुर जिल्लामा शिक्षण गर्दै आएका छन् ।