२७ जेष्ठ २०८३, बुधबार
,
Latest
बूढानीलकण्ठबाट चेक अनादर मुद्दामा फरार दोषी पक्राउ नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले भैरहवामा ४१ लाखभन्दा बढी मूल्यका भन्सार छलेका सामान बरामद, प्रहरीद्वारा गोदाममा छापा संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमाथि नेपालको झिनो अन्तरको जित, ग्लोबल छनोटमा पुग्ने सम्भावना समाप्त



अ+ अ-

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ ।

नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो ।

चीनका लागि जहाङ मिईले ३३ रन बनाइन् । काइयुन जहोउले १८ रन बनाइन् ।बलिङतर्फ नेपालकी सीता रानामगरले तीन विकेट लिइन् । त्यस्तै, कविता कुँवरले एक विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनायो । नेपालका लागि काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरिन् ।

सीता व्यक्तिगत ११ रनमा आउट भइन् । थप दुई रन जोड्दा काजल पनि १८ रनमा आउट भइन् । त्यसपछि नेपालले लगातार विकेट गुमायो ।

नेपालले आजको खेल जितेपनि ग्लोबल छनोटमा पुग्ने संम्भावना न्यून रहेको छ । नेपालले अब अन्तिम खेलमा कुवेतलाई भारी अन्तरले पराजित गरे पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना न्युन छ । अब थाइल्याण्डले हारेर यूएईले आफ्नो खेल जिते पनि नेपालको सम्भावना रहँदैन ।