२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा गरेका सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित गरेको छ ।

प्रदेशसभा भवन धनगढीमा आज बसेको बैठकमा प्रदेशसभा सदस्य तारालामा तामाङले सो सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रदेशसभा सदस्य वीरमान चौधरीले उक्त प्रस्तावलाई समर्थन गरेका थिए ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । प्रदेशसभाको अर्को बैठक यही फागुन १६ गते बिहान ११ः३० बजे बस्ने छ ।