२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप म्याच हुन्छ-आईसीसी, खेल्ने वा नखेल्ने निर्णय बोर्ड र सरकारले गर्छ-कोहली



अ+ अ-

काठमाडौँ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले भारत र पाकिस्तानबीचको विश्वकप म्याचबारे कुनै अन्यौल नरहेको बताएको छ ।

आउँदो १६ जुनमा म्यान्चेस्टरमा हुने म्याच नहुने कुरा भारतीय मिडियामा आईरहेको बेला आईसीसी दुई देशबीच बढ्दो तनाव भएपनि खेलमा कुनै असर नगर्ने बताएको हो ।

भारतका कुनै जमानमा चम्केका खेलाडिहरुले पाकिस्तानसँगको खेल बहिष्कार गर्नुपर्ने माग गरेका थिए । तर, आईसीसीले भने खेल नरोकिने बताएको छ । ‘खेलकुद, खासगरी क्रिकेटले मानिसहरुलाई एक ठाउँमा ल्याउने र समुदायहरुलाई जोड्ने क्षमता राख्छ । विश्वकपका कुनै पनि खेलमा अहिलेसम्म कुनै द्विविधा उत्पन्न भएको छैन,’ आईसीसीको वक्तव्यमा भनिएको छ ।

तर, भारतीय क्रिकेट कप्तान बिराट कोहलीले पाकिस्तानसँग म्याच खेल्ने वा नखेल्ने विषयमा क्रिकेट बोर्ड र सरकारको निर्णय मान्ने बताएका छन् ।

विश्वकपमा अहिलेसम्म भारत पाकिस्तानसँग पराजित भएको छैन । भारतीय लिजेन्ड सचिन तेन्दुलकरले पाकिस्तानसँग नखेल्दा भारतले सम्भावित अंक गुमाउन सक्ने भन्दै ट्विट गरेका छन् ।




भर्खरै