२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा अनलाइन म्युजिक प्रयोगकर्ता अत्यधिक, नेपालमा कति ?



अ+ अ-

बेइजिङ । अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन् २०१८ को अन्त्यसम्ममा ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकाससम्बन्धी शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चीनमा अनलाइनमार्फत दर्ता भएको जनसङ्ख्याको ६९.५ प्रतिशत जनताले संगीतका लागि अनलाइन मा निर्भर हुन थालेका तथ्याङ्कले बताएको छ । तथ्याङ्क अनुसार झण्डै ५५ करोड ३० लाख मानिसले संगीतका लागि मोबाइलको प्रयोग गरेका पाइएको छ । यो अघिल्लो बर्षको तुलनामा आठ प्रतिशत वृद्धि हो ।

चीनको अनललाइन म्यूजिक बजारका कारण संगीतलाई वैधानिक तरिकाले सुन्न सकिएको र यसबाट संगीतकार, सर्जक तथा गायकको कपिराइट्स अधिकारलाई कार्यान्वयनमा लान सहज बनेको अनलाइन म्युजिक विकासका लागि काम गर्दै संस्थाले जनाएको छ । अनलाइनबाट म्युजिक सुन्दा घरेलु नेटइज क्लाउड म्युजिक र टेन्सेन्ट म्युजिकजस्ता कम्पनीले पनि प्लेटफर्म पाएका बताइएको छ ।

अन्तर्राष्ट्रिय फोनोग्राफिक इन्डस्ट्री फेडेरेसनलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, “९६ प्रतिशत चिनियाँ संगीत प्रयोगकर्ताले वैधानिकरूपमा संगीत सुन्ने गरेको छ जवकी विश्वमा औषत ६२ प्रतिशत संगीत पारखीले मात्र कानूनसम्मत हिसाबले संगीत सुन्ने गरेका छन् ।”