२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा अनलाइन म्युजिक प्रयोगकर्ता अत्यधिक, नेपालमा कति ?



अ+ अ-

बेइजिङ । अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन् २०१८ को अन्त्यसम्ममा ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकाससम्बन्धी शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चीनमा अनलाइनमार्फत दर्ता भएको जनसङ्ख्याको ६९.५ प्रतिशत जनताले संगीतका लागि अनलाइन मा निर्भर हुन थालेका तथ्याङ्कले बताएको छ । तथ्याङ्क अनुसार झण्डै ५५ करोड ३० लाख मानिसले संगीतका लागि मोबाइलको प्रयोग गरेका पाइएको छ । यो अघिल्लो बर्षको तुलनामा आठ प्रतिशत वृद्धि हो ।

चीनको अनललाइन म्यूजिक बजारका कारण संगीतलाई वैधानिक तरिकाले सुन्न सकिएको र यसबाट संगीतकार, सर्जक तथा गायकको कपिराइट्स अधिकारलाई कार्यान्वयनमा लान सहज बनेको अनलाइन म्युजिक विकासका लागि काम गर्दै संस्थाले जनाएको छ । अनलाइनबाट म्युजिक सुन्दा घरेलु नेटइज क्लाउड म्युजिक र टेन्सेन्ट म्युजिकजस्ता कम्पनीले पनि प्लेटफर्म पाएका बताइएको छ ।

अन्तर्राष्ट्रिय फोनोग्राफिक इन्डस्ट्री फेडेरेसनलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, “९६ प्रतिशत चिनियाँ संगीत प्रयोगकर्ताले वैधानिकरूपमा संगीत सुन्ने गरेको छ जवकी विश्वमा औषत ६२ प्रतिशत संगीत पारखीले मात्र कानूनसम्मत हिसाबले संगीत सुन्ने गरेका छन् ।”




भर्खरै