२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक र इन्स्टाग्राम चल्न छोड्यो, स्क्रिनसट गरेर ट्वीटरमा अपलोड गर्नेको लहर चल्यो



अ+ अ-

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुक तथा फोटो सेयरिङ एप इन्स्टाग्राम बुधबार विश्वका धेरै भागमा एक्कासि अवरुद्ध भएको छ ।

मानिसहरुले फेसबुक र इन्स्टाग्रामको आफ्नो अकाउन्टमा लगइन गर्न नसकेको गुनासो गरिरहेका छन् । धेरै प्रयोगकर्ताको फेसबुक अकाउन्टमा लगइन गर्दा Facebook Will Be Back Soon भन्ने मेसेज देखिने गरेको छ । साथै आवश्यक मर्मतका लागि फेसबुकको सर्भर तत्कालका लागि डाउन भएको र छिट्टै नै त्यसलाई ठीक पारिने फेसबुकले जानकारी दिएको थियो ।

लगइन भएतापनि कतिपयले फेसबुकमा लाइक तथा कमेन्ट गर्न नसकेको गुनासो समेत गर्ने गरेका छन् । साथै इन्स्टाग्राममा फोटो अपलोड गर्नमा पनि समस्या भएको छ।

फेसबुक डाउन भएसँगै धेरै प्रयोगकर्ताले ट्वीटरमा यसको गुनासो गरिरहे । फेसबुकमा देखिएको समस्याको स्क्रिनसट गरेर ट्वीटरमा अपलोड गर्ने लहर नै चलेको छ ।

फेसबुकको समस्या वेब र एप दुवै भर्सनमा देखिएको हो । फेसबुकले केही मिनेटमै यो समस्या समाधान हुने दाबी गरेको भए पनि धेरै प्रयोगकर्ताले अहिलेसम्मै समस्या जारी रहेको गुनासो गरेका छन् ।

एजेन्सी