• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

सरकारले विप्लव समूहलाई झन् उत्तेजित र आक्रोशित बनाउने काम गर्यो : कांग्रेस



काठमाडौँ । नेपाली कांग्रेसले सरकारले विप्लव नेतृत्वको नेकपा समूहलाई आक्रोशित बनाउने काम गरेको आरोप लगाएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने र ठाँउ–ठाँउमा नचाहिने कुरा बोलेर झन् उत्तेजित र आक्रोशित बनाउने काम गरेको निकर्ष निकालेको हो ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विप्लव समूहलाई झन् उत्तेजित र आक्रोशित बनाउन नहुने ठहर गरेको हो । प्रमुख सचेतक बालकृष्ण खाँणले उक्त समूहलाई प्रतिबन्ध लगाउनु नै सरकारको गलत कदम भएको बताए ।

उनले कांग्रेसले हत्या हिंसा र हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेको पनि बताए ।