१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यापु कल्याण भवनको शिलान्यास (तस्बिरसहित)



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको छ । 

बुधवार मेयर महर्जनले ललितपुर महानगरपालिका ११ नम्बर पलँध्वाखा, सैंथुगणेशमा ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको हो । भवन १२ आना क्षेत्रफलमा बन्नेछ भने यसको अनुमानित प्रारम्भिक लागत ४ करोड रुपैयाँ अनुमान गरिएको छ । 

अन्तर्राष्ट्रिय स्तरको हुने यो भवन निर्माणका लागि ललितपुर महानगरपालिकाले ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । चार तलामा बन्ने ज्यापु कल्याण भवनमा आधुनिक तालिम कक्ष, सभा कक्ष, कार्यालय अफिस कोठाहरु हुनेछन् । 

यो भवन दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक विभिन्न किसिमका तालिमहरु दिन, आर्थिक रुपमा सबल बनाउनको लागि सेमिनार गोष्ठीहरु गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो ।