२२ भाद्र २०८३, सोमबार
,
Latest
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिको साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा कांग्रेस संस्थापन इतरको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार तय गर्न संस्थापनइतर समूहको बैठक चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको छ । 

केही समयअघि मात्र इतर समूहका केन्द्रीय सदस्यहरूसहितको बैठक सुरु भएको हो । सभापतिका आकांक्षी धेरै रहेको इतर समूहको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थित छन् ।

रामचन्द्र पौडेलसहित सिंह, डा. शेखर र डा. शशांकले सभापतिको उम्मेदवार आफू भएको भन्दै प्रचारप्रसार गरिसकेका छन् ।  सो समूहमा सभापतिमा धेरै आकांक्षी हुँदा नेताहरूबीच मत नमिलेर फेरि पनि सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने होकी भन्ने बुझाइका साथ इतर समूहका युवा नेताहरूले दुई दिनभित्र सभापतिका साझा उम्मेदवार तय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको छ ।