६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रयोगविहीन माटाका भाँडा बनाउने उपकरण



अ+ अ-

लमही । माटाका भाँडा बनाउने उपकरण ल्याएको एक वर्ष भइसक्दा पनि तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनीमा राखिएको सो उपकरण प्रयोगमा आउन सकेको छैन ।

माटाका भाँडा बनाउन सहज, छिटो, छरितो होस् भनी गरीबी निवारण कोषले एक वर्षअघि उपलब्ध गराएको ती उपकरण प्रयोगमा नआउँदा त्यसै थन्क्याउनुपरेकोे कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । “यी सामग्री ल्याएको एक वर्ष भयो”, उहाँले भन्नुभयो, “हामीलाई प्रयोग गर्न आउँदैन, काठमाडौँबाट यी सामग्री प्रयोग गर्न सिकाउनका लागि मान्छे आउने कुरा भएको एक वर्ष भयो तर अहिलेसम्म कोही पनि आउनु भएको छैन ।” ती उपकरण जडान गर्नाका साथै त्यसका लागि विद्युत् पनि जडान भइसकेको छ

लामो समयसम्म ती उपकरण सञ्चालनमा नआउनु दुःखद भएको माटाका भाँडा बनाउँदै आएका महादेव कुमालले बताउनुभयो । एक वर्षअघि माटोका भाँडा निर्माणका लागि माटो धुलाउने, घोल्ने, पेल्ने र पोल्ने विद्युतीय उपकरण ल्याइएको थियो । हातले माटाका भाँडा बनाउँदा फुटेर खेर जाने समस्या हुने भएकाले छिटो विज्ञ पठाएर ती उपकरण सञ्चालमा ल्याउन कुमाल समुदायको सरकारसँग माग छ ।

सो उपकरण विद्युत्बाट चल्ने भएकाले पहिले जस्तो भट्टी बनाएर माटोका भाँडा बनाउनुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासी सूर्य कुमालले बताउनुभयो । करीब रू ६ लाखको सहयोगमा सो उपकरण ल्याइएको थियो ।
हातले माटाका भाँडा निर्माण गर्दा करीब रू २५ हजारदेखि ५० हजारसम्म आम्दानी गर्दै आइएकामा सो उपकरण जडानपछि करीब मासिक एक लाखसम्म आम्दानी गर्न सकिने अनुमान गरिएको छ।