१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख महराद्वारा इद उलफित्रको शुभकामना



अ+ अ-

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उलफित्रका अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायकासुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि आज जारी विज्ञप्तिमा उहाँले शुभकामना (इद मुवारक) व्यक्त गर्नुभएको हो ।

सभामुख महराले भन्नुभयो, “आत्म संयम र शुद्धिका लागि एक महीनासम्म मनाइने रमदान पर्वको रोजा ९व्रत० सकिएको भोलिपल्ट खुशीयालीका साथ मनाइने यस पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, संयम, बन्धुत्वको भावना विकास गर्दै धार्मिक–सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।”

हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको र बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय तथा भौगोलिक विविधता हाम्रो देशका पहिचान हुन् भन्दै उहाँले हामी नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ र यही विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनुभयो । सभामुख महराले यस पर्वले हामी सबैलाई धार्मिक–सांस्कृतिक सद्भाव, आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभयो ।




भर्खरै