६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख महराद्वारा इद उलफित्रको शुभकामना



अ+ अ-

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उलफित्रका अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायकासुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि आज जारी विज्ञप्तिमा उहाँले शुभकामना (इद मुवारक) व्यक्त गर्नुभएको हो ।

सभामुख महराले भन्नुभयो, “आत्म संयम र शुद्धिका लागि एक महीनासम्म मनाइने रमदान पर्वको रोजा ९व्रत० सकिएको भोलिपल्ट खुशीयालीका साथ मनाइने यस पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, संयम, बन्धुत्वको भावना विकास गर्दै धार्मिक–सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।”

हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको र बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय तथा भौगोलिक विविधता हाम्रो देशका पहिचान हुन् भन्दै उहाँले हामी नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ र यही विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनुभयो । सभामुख महराले यस पर्वले हामी सबैलाई धार्मिक–सांस्कृतिक सद्भाव, आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभयो ।