१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : रोहितको अविजित शतकसँगै अफ्रिकामाथि भारतको शानदार जित



अ+ अ-

काठमाडौं । भारतले विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । बुधबार इंग्ल्यान्डको साउथह्याम्पटनमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।

२ सय २८ रनको लक्ष्य पछ्याएको भारतले ओपनर रोहित शर्माको अविजित शतकसँगै ४७.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । जितसँगै भारतले विश्वकपमा सुखद सुरुवात गरेको छ ।

रोहित १ सय ४४ बलमा १३ चौका र २ छक्का सहित १ सय २२ रनमा अविजित रहँदै एक दिवसिय करियरको २३ औं शतक पुरा गरेका हुन् । त्यस्तै हार्दिक पान्ड्या ७ बलमा ३ चौका सहित १५ रन बनाउँदै भारतलाई जिताएर अविजित रहेका थिए ।

त्यस्तै ओपनर शिखर धवन ८, कप्तान विराट कोहलीलाई १८, लोकेश राहुल ३० र महेन्द्र सिंह धोनी ३४ रनमा आउट भए ।

दक्षिण अफ्रिका लागि कागिसो रबाडाले २, क्रिस मोरिस र एन्डिले फेहकुवलोको नाममा समान १ विकेट रह्यो ।

यस अधि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले ४२ रन बनाए । कप्तान फाफ् डु प्लेसिसले ३८, एन्डिल फेहलुकवाओले ३४ र डेभिड मिलरले ३१ रन बनाए । त्यस्तै कागिसो रबडाले अविजित ३१ र रसिइ भान डेर डुसेनले २२ रन बनाए ।

क्रिस मोरिस र कागिसो रबडाले ६६ रनको साझेदारी गर्दै इनिङ उकासेपछि दक्षिण अफ्रिकाले मध्यम स्कोर बनाउन सकेको हो ।

बलिङतर्फ भारतका युजवेन्द्र चाहालले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५१ रन खर्चिएर चार विकेट लिएका थिए । त्यस्तै, जसप्रित बुम्राह र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए ।

यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो । भारतको भने जारी विश्वकपमा यो पहिलो खेल हो ।




भर्खरै