६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ



अ+ अ-

धादिङ । नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका गुण्डा नाइके राधे भण्डारीलाई हतियारसहित पक्राउ परेका छन् । प्रहरीको खोजी सुचीमा रहेका भण्डारीलाई धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ गरिएको हो ।

प्रदेश ३ प्रहरी प्रमुख दीपक थापाका अनुसार ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताए ।

उनका अनुसार पक्राउ गर्न जादाँ प्रहरीमाथि नै राधेले आक्रमण गरेको बताए ।आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।

भण्डारीलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ ।

धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।

दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए । राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई ज्यान मार्ने उद्देश्यसहित गोली हानेका थिए । त्यसपछि राधे चर्चामा आएका थिए ।

यो घटनामा राधे पक्राउ परेपनि राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यतिबेलादेखि नै प्रहरीले राधेलाई खोजी सूचीमा राखेको थियो । यद्यपि २०७१ साउन २१ गते काठमाडौंको भीमढुंगामा ‘प्रहरी इन्काउन्टर’मा चरी मारिएका थिए ।