६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युयोर्कस्थित फेसबुकको कार्यालय अगाडि महिलाहरुको नग्न प्रदर्शन



अ+ अ-

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित फेसबुकको कार्यालय बाहिर सयौँ महिलाहरुले निर्वस्त्र भएर प्रदर्शन गरका छन् ।

विरोध प्रदर्शनका क्रममा मानिसहरु नग्न भएर फेसबुक कार्यालय अगाडिको सडकमा सुतेका थिए र हातमा वक्षस्थलको प्रतिरुप बोकेका थिए । उक्त प्रदर्शनको नाम ‘वी दी निप्पल’ राखिएको छ । उक्त ह्यासट्यागलाई सोसल मिडियामा पनि निकै प्रचार गरिएको छ । महिला प्रदर्शनकारीहरुले आफ्ना शरीरलाई पुरुषको छातिको प्रतिरुपले ढाकेका थिए ।

फेसबुकले महिलाका वक्षस्थलका तस्वीर शेयर गर्न बन्देज लगाएको विरोधमा न्युयोर्कमा निर्वस्त्र प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा उत्रिएका टनिक न्यूड फोटोग्राफीका लागि चर्चित छन् । वर्षौंदेखि उनले नग्नता विरोधी यस्ता खालका कानून तथा नीतिहरुको विरोध गर्दै आएका छन् । उनको फेसबुक पेज सन् २०१४ मा प्रतिबन्धमा परेको थियो ।