६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जागरण अभियानले गाडी स्टाट भयो, अब हाईवेमा कुद्छ : प्रवक्ता शर्मा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो चरणमा देशैभर भएको जागरण अभियानले ऊर्जा दिएको बताएका छन्।

चुनावी हारपछि सुस्ताएका पार्टीका नेता–कार्यकर्तालाई जागरण अभियानले ऊर्जा दिएको उनले बताए।

कांग्रेसले ७७ जिल्लामा पहिलो चरणको एक महिने जागरण अभियान सकाउँदै छ। शनिबार जागरण अभियान सकिएपछि देशैभर खटिएका केन्द्रीय प्रतिनिधि प्रतिवेदन बोकेर पार्टी कार्यालय आउँछन्।

पत्रकारसँग कुराकानी गर्दै उनले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताए।जागरण अभियानले काङ्ग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो । उनले भने , “काङ्ग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।” योमार्फत् काङ्ग्रेसले गति लिएको छ अब काङ्ग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।” समग्रमा जागरण अभियान सफल भएको उनले बताए ।

‘जागरण अभियानबारे पार्टीभित्रै विवाद रहेछ नि१’ भन्ने प्रश्नमा प्रवक्ता शर्माले गतिशील पार्टीमा केही विवाद देखिए पनि त्यो विवादले जागरण अभियानलाई असर नगर्ने बताए।

‘पहिले जागरण अभियान किन नगरेको भन्ने, अनि अहिले जागरण अभियान गर्दा यो भएन त्यो भएन भन्नेरु,’ उनले भने।

जिल्ला खटिएका कांग्रेस नेतालाई कार्यकर्ताले जागरण कार्यकर्तालाई नभई नेतालाई आवश्यक परेको बताएका थिए।

नेताहरूबीच हुने गुट, उपगुट अन्त्य गर्न र झगडा हटाएर एक हुन कार्यकर्ताको नेतालाई आग्रह छ।

अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने दाबी गरे । शर्माले भने, “जनतामा अहिले निरासा छाएको छ । यसलाई आशामा बदल्ने काम काङ्ग्रेसले गर्नुपर्छ । यसका लागि हामी निरन्तर लागेका छौँ ।”

पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उनको भनाइ थियो । आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए । तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ ।