१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री ३ र श्री ५ को बाहुलीमा रकम चढाए जस्तै गरी बजेट आयो : गौतम



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट शक्तिशाली सरकारका अगाडि देश बनाउने ठूलो अवसर भए पनि बजेट वितरणमुखी आएको आरोप लगाएकी छिन् । उनले प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमाथिको छलफलमा सहभागि हुँदै बजेट वितरणमुखी आएको बताइन् ।

पूँजीगत खर्च देखेर आफूहरुलाई निरास बनाएको भन्दै उनले कार्यकर्तालाई, नेतालाई खुशी पार्नका लागि बजेट दुरुपयोग हुन सक्ने आशंका गरे । विगतमा श्री ३ को र श्री ५ लाई बाहुलीमा रकम चढाए जस्तै गरी प्रधानमन्त्रीको कार्यालयलाई रकम चढाउने ढंगले अत्यन्तै वितरणमुखी बजेट आएको दाबी उनले गरिन् ।

तत्कालीन प्रधानामन्त्री बीपी कोइरालाले देशको आर्थिक नीति बनाउने क्रममा ‘म मेरो नेपाली जनतालाई १५ वर्षमा म जत्तिकै बनाउँछु’ भनेर उद्घोष गरेको स्मरण गर्दे उनले अर्थमन्त्रीलाई प्रश्न गरिन्- ‘आज म अर्थमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु । अर्थमन्त्रीज्यू, आफ्नो क्षमता, आफ्नो योग्यता, आफूजस्तै नेपाली जनतालाई कहिले बनाउने रु यस्तो बरालिएको बजेटले नेपाली जनतालाई अर्थमन्त्री जत्तिको बनाउन सक्दैन ।’

उनले नेपाली कांग्रेसको सरकारको समयमा धेरै युवाहरु विदेश गए भन्ने भनाइमा सत्यता नभएको भन्दै तथ्यांक हेर्न आग्रह गरिन् । उनले नेपाली कांग्रेसको सरकारको समयमा देशभित्र धेरै रोजगारी सिर्जना भएको दाबी समेत गरिन् ।




भर्खरै