१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको सातौँ महाधिवेशनमा बिपी कोईरालाको त्यो भाषण…



अ+ अ-

नेपाली   काँग्रेसका   अध्यक्ष   श्री   विश्वेश्वरप्रसाद   कोइरालाले  नेपाली  काँग्रेसको  सातौँ  महाधिवेशनमा  अध्यक्ष पदबाट दिनुभएको भाषण 
साथीहरू,

यस  महाअधिवेशनमा  भाग  लिन  देशका  विभिन्न  क्षेत्रहरूबाट  आउनुभएका  तमाम  साथीहरूलाई  सर्वप्रथम  मेरो हार्दिक अभिवादन छ । साथीहरूको विश्वास प्राप्त गरेर नेपाली  काँग्रेसको  गौरवपूर्ण  तथा  गम्भीर  पदको  जिम्मेदारी  मेरो काँधमा पुनः यसपाली पनि पर्न गएको छ । यो गम्भीर दायित्व  मेरो  व्यक्तिगत  दायित्व  मात्र  नभई  हाम्रो  पार्टीको  सामूहिक  दायित्व  हो  ।  तसर्थ  यस  विश्वासमा  कि  सबै  साथीहरूले  आफ्नो  आफ्नो  स्थानमा  रही  सम्पूर्ण  हृदयले  आपसमा सहयोग गरेर यस जिम्मेदारीलाई पूरा गर्न अठोट ग¥यौँ  भने  कुनै  कारण  छैन  हामीहरूले  इतिहासद्वारा  प्राप्त  दायित्वलाई  राम्ररी  सफलतासाथ  निभाउन  नसकौँ  ।  नेपाली  काँग्रेस  पूर्ण  प्रजातान्त्रिक  संस्था  भएकोले  यसको  नेतृत्व  व्यक्ति   विशेषमा   मात्र   निहित   नभई   सम्पूर्ण   प्रतिनिधि   समूहमा  निहित  छ  ।

 प्रजातान्त्रिक  व्यवस्थालाई  महìव  तथा  विशेषता  सामूहिक  जिम्मेदारीको  सिद्धान्त  र  भावनाले  प्रदान  गर्दछ । अर्थात् यस व्यवस्था सबभन्दा बढी स्वीकृत पक्ष नै सामूहिक  जिम्मेदारीको  सिद्धान्त  र  भावना  हो  ।  प्रजातन्त्रको  यस  मौलिक  भावनाले  मलाई  निरन्तर  आत्मविश्वास  तथा  साहस, प्रेरणा र उत्साह प्रदान गरिरहन्छ ।नेपालको आफ्नो राष्ट्रिय जीवनमा जुन नयाँ अध्याय प्रारम्भ  गर्न  लागेको  छ,  त्यसमा  नेपाली  काँग्रेसको  प्रमुख  स्थान  हुन  गएको  छ  ।  प्रजातन्त्रको  स्थापनाका  लागि  राणाशाहीको  विरुद्ध  जनभावना  बलियो  पार्ने  तथा  उपयुक्त  अवसरमा  शाही  परिवारको  महìवपूर्ण,  दह्रो  र  साहसिलो  सहयोग  प्राप्त  गर्नासाथ  सशस्त्र  क्रान्तिको  बिगुल  बजाएर  क्रान्त्योत्सुक  जनताको  नेतृत्व  ग्रहण  गर्ने  साहसपूर्ण  काम  यस  पार्टीले  गरेको  नेपालको  इतिहासको  एउटा  चम्किलो  पाना  हो  ।  

आमनिर्वाचनभन्दा  पहिले  सङ्क्रमण  कालमा  जब   प्रजातन्त्रविरोधी   सामन्ती   तìवहरू   सक्रिय   भएर   प्रजातन्त्रको  विरुद्ध  भ्रम,  आशङ्का  तथा  अनास्थाको  वातावरण  सृष्टि  गरेर  जुन  नैराश्यको  कालो  बादलले  नेपालको  राजनीतिलाई  ढाक्ने  प्रयत्न  गरिरहेका  थिए,  त्यस  अवस्थामा  पनि  नेपाली  काँग्रेसले  आफ्नो  आदर्श  नीति  तथा  बीच  बीचमा  चालू  गरिएका  सत्याग्रह  र  अरू  कार्यक्रमद्वारा  प्रजातन्त्रको  ज्योतिलाई  मलीन  हुन  दिएन  ।  यद्यपि  क्रान्त्योपरान्तको  सङ्क्रमण  कालको  यस  प्रकारका  सानाठूला  कार्यक्रमहरूको  प्रत्यक्ष  रूपमा  ठूलो  महìव  नभएको  जस्तो  देखियोस्  तर  प्रजातन्त्रको  आधारलाई  बलियो  पार्ने  दिशापट्टि  यस  प्रकारका  मसिना  कामहरूको  स्थायी  महìव  छ  ।  यो  सत्यलाई  घोषणा  गर्नमा  अत्युक्ति  हुने  छैन  कि  सङ्क्रमणकालमा  नेपाली  काँग्रेस  प्रजातन्त्रको  पक्षमा  अडिग  नभएको  भए  आमनिर्वाचन  र  त्यसबाट  बन्न  लागेको  आशाप्रद  व्यवस्था  सम्भव  हुने  थिएन  ।  

यदि  काँग्रेसले  आफ्नो  जिम्मेदारीलाई  बिर्सिएर  प्रजातन्त्रको  प्रतिनिधित्व   गर्नमा   खुकुलोपन   देखाएको   भए   के   आमनिर्वाचन सम्भव थियो ? र यदि आमनिर्वाचन भएको भए  पनि  के  संसदीय  व्यवस्थामा  दृढता  आउने  आशा  थियो ? चुनाव र त्यसको परिणामले यो स्पष्ट जाहेर गर्दछ कि दुवै कुरा सम्भव थिएन । राजनीतिमा मानिसहरूको स्मरण शक्ति क्षणिक हुन्छ । शीघ्रताका साथ राजनीतिक दृश्य बदलिँदै जान्छन् । नयाँ परिस्थिति र नयांँ समस्याले मानिसहरूको ध्यान नयांँ कुरापट्टि आकर्षित  गरिरहन्छन्  र  पछिल्ला  समस्याहरू  छिटछिटै  बिसिँदै  जान्छन्  तर  इतिहासले  भने  सबैको  सन्तुलित  जोखा  राख्छ,  त्यसको  स्मरण  शक्ति  लामो  हुन्छ  ।  हामी  काँग्रेसीहरूले  आफ्नो  जुनसुकै  काममा  पनि  इतिहासलाई  साक्षीका रूपमा राख्ने बानी गर्नुपर्छ ।यस   प्रकार   क्रान्तिपछिको   नेपालको   राजनीतिक   जीवनको   विकाससँग   नेपाली   काँग्रेस   हाम्रो   संस्थाको   नाउँ  घनिष्टताका  साथ  आबद्ध  छ  ।  

आमनिर्वाचनमा  प्राप्त  गरेको  सन्देहरहित  जनताको  विश्वास  र  आस्था  यस  कुराको  प्रमाण  हो  ।  आमनिर्वाचनलाई  राम्ररी  अध्ययन  ग¥यौँ  भने  हामीलाई  यो  कुरा  स्पष्ट  हुन्छ  कि  निर्वाचनको  सफलताको  कारण  व्यक्तिविशेषको  निजी  प्रतिष्ठा  या  प्रयत्न  नभई  पार्टीको  सामूहिक  प्रयत्न  र  यसले  गरेर  आएका  कामहरूबाट  जनताको  हृदयमा  विश्वास  उत्पन्न  भएर  हो  ।  त्यसो  हुनाले  आज  विजय  प्राप्त  गरेको  पार्टीले  ऐतिहासिक  क्रमलाई नबिर्सी आफ्नो कामको सन्तुलित लेखाजोखा गरी वर्तमान  परिस्थितिमा  पूरा  गर्नुपर्ने  उत्तरदायित्वलाई  राम्ररी  बुझ्नुपर्दछ  ।  आजको  नयाँ  परिस्थितिको  उत्तरदायित्व  के  छ   ?   निर्वाचनको   आधारमा   स्थापित   भएको   शासन   व्यवस्थाले  देशमा  नयाँ  परिस्थिति  ल्याएको  छ,  र  विजय  प्राप्त  गरी  पाएको  शासनाधिकारले  पार्टीको  काँधमा  नयाँ  तथा  गुरुत्तर  उत्तरदायित्वको  बोझ  थपिदिएको  छ  ।  यो  हामीले बिर्सन हुन्न कि प्रजातन्त्रको भावना र संस्थाहरूको कल्पवृक्षले  देशमा  गहिरो  जरो  हालिसकेको  छैन  ।  

अझै  यस अमूल्य र कठोर तपस्याबाट प्राप्त भएको कल्पवृक्षको सानो  बिरुवालाई  हुर्काउन  बडो  सतर्कता,  सावधानी  र  तपस्याको  भावनाका  साथ  निरन्तर  प्रयास  गरिरहनुपर्दछ  ।  यो  ऐतिहासिक  जिम्मेदारी  नेपाली  काँग्रेसबाहेक  अहिलेको  परिस्थितिमा  अरू  कसले  गर्नेछ  ?  म  यदि  आज  पार्टीको  ऐतिहासिक  रोल  (च्यभि)माथि  बारम्बार  जोर  दिन्छु  भने  यसकारणले  मात्र  होइन  कि  पार्टीसँग  मेरो  अनुराग  छ,  वरन  यसकारणले  कि  कसैले  स्वीकार  गरे  या  नगरे  पान  प्रजातन्त्रको  पक्षलाई  दरिलो  पार्ने  अभिभारा  प्रधानतः  नेपाली  काँग्रेसमाथि इतिहासले गरेको छ । यसको तात्पर्य यो हो कि इतिहासले बारम्बार नेपाली काँग्रेसलाई नयाँ नयाँ अभिभारा बोकाइरहेको  छ  ।  हामीलाई  विश्राम  कहाँ  ?  इतिहासले  हामीलाई  फुर्सद  कहाँ  दिइरहेको  छ  ?  यदि  हामीलाई  इतिहासको  हतियार  बन्ने  सौभाग्य  प्राप्त  भएकोमा  गर्व  छ  भने यही तथ्यबाट उत्पन्न भएको जिम्मेदारीबाट हामी कसरी मुक्त  हुन  सक्दछौँ  र  ?  त्यसो  हुनाले  साथीहरू,  हो,  हामी  नेपाली  काँग्रेसका  सिपाहीलाई,  जो  आजको  परिस्थितिमा  इतिहासका  सिपाही  भएका  छौँ,  कुनै  किसिमको  विश्रामको  सुख प्राप्त छैन ।

प्रजातन्त्रको   पक्षमा   सामाजिक   सत्यहरू   बलिया   हुँदैछन् भने यसका विरोधी पक्षको शक्ति पनि नगन्य छैन । आमनिर्वाचनमा  पार्टीले  विजय  प्राप्त  गरेर  सरकार  गठन  गर्ने अधिकार प्राप्त हुँदासाथ समाजमा सङ्गठित भएर रहेको प्रजातन्त्रविरोधी  शक्तिहरू  स्वतः  लोप  भएर  जाने  होइनन्  ।  यसका  साथै  सरकारको  सङ्गठनको  वैधानिक  आधारको  पनि हामीबाट राम्रो अध्ययन हुनुपर्दछ । नेपाल अधिराज्यको संविधान एउटा यस्तो साधन छ, जो प्रजातन्त्रको विकासमा क्रमिक  सहायक  सिद्ध  हुनसक्छ–  साथ  प्रजातन्त्रको  विरुद्ध  पनि  सफलतापूर्वक  प्रयोग  हुनसक्छ  ।  

अर्थात्  संविधान  पूर्णतया प्रजातान्त्रिक छ भन्न सकिँदैन तर वर्तमान स्थितिमा योभन्दा  अधिक  सामञ्जस्यपूर्ण  संविधानको  पनि  विचार  गर्न सकिन्न । यस संविधानले अनेक बाधाहरूको बाबजुद पनि  प्रजातान्त्रिक  विकासको  बाटोलाई  विस्तृत  गर्ने  यथेष्ट  मौका  उपलब्ध  गराएको  छ  ।  तसर्थ  साथीहरूले  सरकारको  अधिकारको सीमालाई राम्ररी बुझ्नुपर्छ, संविधानले निर्धारित गरेको  अनुलङ्घनीय  रेखाको  स्पष्ट  विचार  गर्नुपर्छ  र  सरकारी  क्षमतालाई  विवेकताका  साथ  ध्यानमा  राख्नुपर्छ  ।  पार्टीको  भावनालाई  कार्य  रूपमा  परिणत  गर्नु  साथीहरूलाई  जतिसुकै  आतुरी  भए  तापनि  सरकारी  पक्षलाई  विभिन्न  स्तरमा  संसदीय  नियम  तथा  सर्वोपरि  संवैधानिक  सीमा–मर्यादाको   विचार   गर्नुपर्छ   ।

 देशमा   संसदीय   परम्परा   नबसेकोले  हाम्रो  सरकारसम्बन्धी  धारणा  पुरानै  किसिमको  छ  ।  हामीले  प्रजातान्त्रिक  नियममा  रहने  बानी  लगाउन  थाल्यौँ  भने  र  संविधानको  सीमाको  ख्याल  राख्न  थाल्यौँ  भने संविधानबाट प्राप्त हुन सक्ने प्रजातान्त्रिक अधिकारको विस्तृति क्रमशः हुँदै जानेछ भन्ने मलाई लागेको छ ।नेपालले  सङ्क्रमणकालमा  आफूलाई  पाइरहेको  छ  ।  पुरानो  व्यवस्था–  आर्थिक,  राजनीतिक,  सामाजिक–  सम्पूर्ण  रूपले  परिवर्तित  हुँदै  छ  ।  प्रकाशमा  आइरहने  र  जनताका  दृष्टिअगाडि  परिरहने  राजनीतिक  नाराहरू  त्यही  व्यापक  परिवर्तन–  जसलाई  क्रान्तिको  सङ्ज्ञा  दिनु  उचित  हुनेछ–  का  लक्षण  हुन्  ।  अर्को  शब्दमा  राजनीतिक  चहलपहल  र  द्वन्द्व,  संविधानमा  सन्तुलनमा  राख्ने  प्रयत्न  गरिएका  शक्तिहरू,  संसद्का  बहसहरू,  विभिन्न  पार्टीका  कार्यक्रम  र  नाराहरू  देशमा  हुन  लागेको  ठूलो  क्रान्तिका,  जसले  केही  वर्षमा  समाजको  चित्र  नै  बदलिने  भएको  छ,  प्रमाण  हुन्  ।

 देशमा  जुन  स्तरमा  सबभन्दा  ठूलो  क्रान्ति  अपेक्षित  छ  त्यो  छ  आर्थिक  स्तरमा  ।  हाम्रो  मुलुक  अझै  सामन्ती  व्यवस्थामा  छ,  र  यसका  साधनहरू  अविकसित  छन्  ।  आर्थिक  क्षेत्रमा  सबभन्दा  ठूलो  जिम्मेदारी  यिनै  अविकसित  उत्पादनका  साधनलाई  विकसित  गराउनु  हो  ।  गरिब  मुलुकको  अवस्था  ठीक  गरिब  परिवारको  जस्तो  हुन्छ  ।  जस्तो  साधनहीन  अकिञ्चन  परिवारमा  प्रत्येक  सदस्यले  आफ्नै  उद्योग  वाहुबल  र  कठोर  प्रयत्न  गरेर  मात्र  बिस्तार  बिस्तार  आफ्नो  दूरावस्थाबाट  मुक्ति  पाउन  सक्छ  त्यस्तै  अविकसित  देशको  स्थिति  हुन्छ  ।

हाम्रो  अभावग्रस्त  समाजलाई  आर्थिक  उत्थानको  बाटोमा  लगाउने  एउटै  उपाय छ, त्यो हो– अहिले उपलब्ध भइरहेका साधनहरूको दुरुपयोग  हुन  नदिई  योजनाबद्ध  आधारमा  उत्पादनका  साधनहरूको  क्रमिक  विकास  ।  अहिलेको  अवस्थामा  समाजवादको अर्थ हुन्छ– बढी–से–बढी उत्पादन र योजना । तपाईंहरू जिल्ला जिल्लाबाट यहाँ आउनुभएको छ; जिल्ला जिल्लाका  सम्बन्धमा  तपाईंहरू  सबैसँग  कुनै  न  कुनै  प्रकारका  मागहरू  होलान्–  पुल,  नहर,  पिउने  पानी,  स्कुल,  अस्पताल,  बाटोघाटो  इत्यादि  ।  यी  आवश्यक  कुराहरूको  जनतामा उपलब्धि सरकारले कसरी गराउने जब सरकारको क्षमता  नै  सीमित  छ  ।  सरकार  ता  केवल  प्रतिनिधित्व  गर्ने  एउटा संस्था हो जसले उसलाई प्राप्त भएको सामथ्र्यअनुसार एउटा राम्रो व्यवस्थाको रूप दिने प्रयत्न गर्दछ । समाजको साधन  विकसित  नभई  समाज  धनी  हुँदैन,  समाज  धनी  नभई  सरकारको  व्यवस्था  गर्ने  क्षमता  बढ्दैन  ।  यो  कठोर  सत्यलाई हामीले हृदयमा राखिरहनुपर्दछ ।

नेपाली काँग्रेसले जनताको  नेतृत्व  गर्छ  भने  यो  कठोर  सत्यलाई  देशका  सामुन्ने  राख्ने  साहस  गर्न  सक्नुपर्छ  ।  अरूबाट  यो  कुरा  सम्भव छैन ।यसै  कुरामा  पार्टीको  वास्तविक  परीक्षा  छ  ।  देशलाई  विकासको  बाटोमा  लैजाने  भए  अहिले  केही  समयका  लागि  देशवासीहरूले  झन्  बढी  दुःख  खेप्नुपर्छ,  झन्  बढी  परिश्रम  गर्नुपर्छ  ।  विकासको  स्थितिमा  आर्को  कुनै  अर्थ  छैन  ।  विरोधमा  बस्ने  तìवहरूलाई  सजिलो  छ–  मागका  नारा  लगाई  गुञ्जायमान  गरे  पुग्छ,  अभावग्रस्त  जनतालाई  सजिलैसँग  उचाल्न  सकिन्छ  तर  इतिहासको  उत्तरदायित्व  बहन  गर्ने  संस्थाले  यो  सजिलो  पथ  ग्रहण  गर्न  सक्दैन  ।  उसले  इतिहासको  मागलाई  वाणिबद्ध  गरेर  साहसका  साथ  भन्न  सक्नुपर्छ–  अझै  परिश्रम  गर्न  पुगेन  ः  अझै  शरीरका  हाडलाई  घोट्न  पुगेन  ।  साथी  हो,  मेरो  यो  संवाद  निराशाको  संवाद  होइन,  निर्माणको  संवाद  हो  ।

 जब  म  भन्छु  कि  इतिहासले  हामीलाई  सामाजिक  परिवर्तनको  माध्यम  बनाएको  छ,  मेरो  भनाइको  तात्पर्य  यही  हो  कि  यदि  पार्टीमा  यो  ऐतिहासिक  कार्य  गर्न  साहस  छैन  भने  पार्टीको  उपयोगिता  समाप्त  भएको  छ  भन्ठान्नु  पर्छ  ।  निर्माणको  कार्यमा  जब  सम्पूर्ण  सामाजिक  शक्तिको  उपयोग  आवश्यक  छ,  त्यस  समय  खारेज  भइरहेको  सामन्ती   व्यवस्थाका   तìवहरू   निःसन्देह   यस   गुरुत्तर   कार्यमा  बाधा  उपस्थित  गर्न  बाँकी  राख्दैनन्  ।  यसका  साथै  देशमा  अशान्तिको  वातावरण  सृष्टि  गरेर  आफूलाई  जीवित  राख्ने  त्यस्ता  अराष्ट्रिय  वामपन्थी  तìवहरू  पनि  स्थितिलाई झन् बिगार्नमा पछि रहँदैनन् । त्यसै हृदयविदारक अभावमा  पिल्सिएका  जनतालाई  झन्  बढी  परिश्रम  गर्नका  लागि  आह्वान  गर्नु  एउटा  कठिन  काम  हो  ।  त्यसमा  देशको  हितका  साथ  आफूलाई  बाँध्न  नसक्ने  तìवहरूको  ध्वंसात्मक  चेष्टाले  यो  काम  झन्  कठिन  हुन  गएको  छ  ।  यस  दृष्टिबाट  विचार  गर्दा  संविधानमा  निहित  राजशक्तिको  विशेष  महìव  छ  ।  

यस  शक्तिलाई  देशको  विकास  कार्यको  पक्षमा  गराउने  माध्यम  संविधान  भएकोले  संविधानको  वर्तमान  अवस्थामा  ठूलो  उपयोगिता  छ  ।  विकास  कार्यमा  तमाम  राष्ट्रिय  तìवहरूको  सहयोग  देशलाई  अपेक्षित  छ  ।  नेपाली  काँग्रेसका  साथीहरूले  आफ्नो  कार्यकुशलता  र  इमानदारीद्वारा  राष्ट्रिय  तìवहरूको  सहयोग  प्राप्त  गर्न  सक्नुपर्दछ  ।  अहिले  नेपाली  काँग्रेसको  विरोधमा  उभिएका  तìवहरू  मुख्यतः  दुई  श्रेणीमा  विभाजित  हुन  सक्दछन्–  सामन्ती  तìवहरू  जो  अझै  पराजित  युद्ध  जारी  राख्दैछन्  ।  यिनीहरूबाट   द्वेषको   आवेश   र   पराजयका   निराशामा   अवाञ्छनीय  काम  नहुन  जाला  भन्न  सकिन्न  ।  यथार्थमा  अहिले  धेरैजसो  उत्तेजनात्मक  तथा  ध्वंसात्मक  कामहरूको  प्रोत्साहन  यी  तìवबाट  प्राप्त  भइरहेको  छ  ।  बिर्ताको  उन्मूलनले   यिनीहरूमा   ठूलो   खलबली   पारेको   छ,   भूमिसम्बन्धी  नयाँ  व्यवस्था,  किसानहरूको  अधिकारको  संरक्षण,   भूमिमा   लागेको   प्रगतिशील   कर   इत्यादि   र   जमिनको  सीमाबन्दी  तथा  जिमिनदारी  प्रथाको  अन्त्य  गर्ने  अठोट इत्यादि यस्ता कुराहरू देशमा भइरहेका छन् जसले सामन्तीहरूमा  भयानक  द्वेषको  अग्नि  प्रज्वलित  पारेको  छ  ।

चुनावमा  जनताद्वारा  अस्वीकृत  भएका  संस्थाहरूलाई  प्रयोगमा  ल्याएर  यो  वर्ग  केही  कालसम्म  अझै  जीवित  रहने  दुष्प्रयास  गरिरहेको  छ  ।  यस्तै  अर्का  प्रकारका  अराष्ट्रिय  तìवहरू  पनि  छन्  जो  उग्रवादी  नारा  लगाएर  अहिलेको  सङ्क्रमणकालजनित  अनिश्चिततामा  ध्वंसात्मक  कारबाही  गरेर  निर्माणको  समस्यालाई  झन्  जटिल  बनाउन  खोजिरहेका  छन्  ।  यो  तìव  न  केवल  अराष्ट्रिय  हो,  यो  अप्रजातन्त्रवादी  पनि  छ  जो  प्रजातन्त्रबाट  प्राप्त  अधिकारको  उपयोग  गरेर  त्यस्तो  व्यवस्था  ल्याउने  ताकमा  छ  जसमा  प्रजातन्त्रको  कुनै  अस्तित्व  रहने  छैन  ।

 यी  दुवै  प्रकारका  तìवहरूबाट  हामी  सतर्क  रहनुपर्छ;  दुवैको  कार्यकलापले  अन्तमा  के  कसो  परिणाम  हुने  हो  कुन्नि,  निर्माणका  लागि  चाहिने  राष्ट्रिय  प्रयासमा  निसन्देह  बाधा  पु¥याइरहेको  छ  तसर्थ यी दुवैबाट सहयोगको आशा त्यागेर नेपाली काँग्रेसले अरू   तमाम्   राष्ट्रिय   तìवहरूलाई   वर्तमान   क्रान्तिको   समस्यालाई  सुल्झाउने  अर्थात्  आर्थिक  विकास  र  देश  निर्माणको लागि एकताको सूत्रमा बाँध्ने कोशिश गर्नुपर्छ ।काँग्रेस    पार्टीको    हातमा    शासन    अधिकार    भएकोले जनताको समक्ष पार्टीको उपयोगिता र आवश्यकता सरकारले  गर्न  सकेको  कामको  कसौटीमा  सिद्ध  हुन्छ  ।  

नेपाली काँग्रेसका साथी हरूले यो कुरा बिर्सनुहुन्न कि वर्तमान संवैधानिक व्यवस्थामा सरकारको अधिकार कति सीमित छ यो  वैधानिक  व्यवस्थाको  सूक्ष्मता  जनताले  बुझेको  हुँदैन  ।  उनीहरूको  दृष्टिमा  सम्पूर्ण  अधिकारसम्पन्न  सरकार  नेपाली  काँग्रेसको  हातमा  छ,  त्यसो  हुनाले  विरोधी  तìवहरूलाई  सरकारको  विरुद्ध  प्रचार  गर्न  सजिलो  हुन्छ  ।  एकता  संविधानको  सीमा  त्यसमा  देशको  गरिबीको  भयानक  समस्या–  सरकारको  स्थिति  अत्यन्त  भेद्य  छ  ।  तर  हामी  उत्तरदायित्वबाट  विमुख  हुन  चाहँदैनौँ  र  यत्रो  अप्ठ्यारो  स्थितिमा  जनतालाई  सही  नेतृत्व  दिन  सक्ने  क्षमता  हामीमा  विश्वास  लिएर  हामी  यहाँ  उपस्थित  भएका  छौँ  ।  वर्तमान  पार्टीको  सरकारले  अप्ठ्यारो  स्थितिमा  पनि  के  कति  गर्न  सक्यो  र  के  कति  गर्न  सकेन  सबै  कुरा  तपाईंहरूको  सामुन्ने  छ  ।

 मलाई  यो  भन्नमा  सन्तोष  हुन्छ  कि  नेपाली  काँग्रेसको  सरकारले,  जसको  नेतृत्व  गर्ने  सौभाग्य  मैले  पाएको  छु,  विभिन्न  क्षेत्रमा  तुलनात्मक  दृष्टिबाट  धेरै  काम  सम्पन्न गर्न सकेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सरकारले देशको  इज्जत  र  मर्यादालाई  बढाएको  छ  ।  साधनको  उपलब्धतालाई ध्यानमा राख्यो भने निर्माणका कामहरू जुन द्रुतगतिले सम्पन्न भइरहेका छन्, त्यो निसन्देह सन्तोषजनक छ । दुर्भाग्यले अहिले सम्पन्न भइरहेका निर्माण कार्यहरूको महìव  स्थानीयताको  सङ्कुचित  भावनाले  गर्दा  कसैको  दृष्टिमा  कम  भइरहेको  छ  ।  हामीले  केही  वर्षका  लागि  स्थानीय  भावनालाई  पूर्णतया  त्याग्नुपर्छ  र  देशको  आर्थिक  विकासको   आधार   निर्मित   भइरहेको   समयमा   केवल   राष्ट्रिय  दृष्टिकोण  अपनाउनु  पर्दछ  ।  एउटा  बन्न  लागेको  बाटो  आफ्नो  गाउँबाट  गएन  भनेर  बाटो  बन्न  लागेको  छैन  भन्नु  हुँदैन  ।  स्थानीय  सङ्कीर्णतामा  यस  प्रकारको  दूषित  दृष्टिकोण  सजिलैसँग  धारण  गरिन्छ  ।  

अहिले  केही  कालसम्म  आर्थिक  व्यवस्थाको  जग  बसाल्ने  काम  मात्र  भइरहन्छ  ः  त्यसमा  जुन  ठाउँमा  जुन  कार्य  गर्दा  बढीसे  बढी  विकासमा  मद्दत  पुग्दछ  त्यही  काम  पहिले  सम्पन्न  हुन्छ । स्थानीय आधारमा निर्वाचन हुने हुनाले र निर्वाचनको आधारमा सरकार गठन हुने व्यवस्था भएकोले स्थानीयताको भावनाले  प्रबलता  पाउनु  स्वाभाविक  छ  ।  तर  हामीहरूले  प्रयत्न  गरेर  पनि  यस  भावनाबाट  आपूmलाई  चोखो  राख्न  सक्नुपर्छ । सरकारले यो समस्यालाई राम्ररी बुझेको हुनाले स्थानीय  आधारमा  विकासको  व्यवस्था  पनि  गरेको  छ  र  पछि  पछि  बिस्तार  बिस्तार  स्थानीय  विकासका  कार्यहरूले  प्रधानता  पाउने  व्यवस्था  पनि  गर्न  थालेको  छ  ।  जिल्ला  विकास समिति यस व्यवस्थाको एउटा प्रमाण हो । स्वायत्त शासनको  अन्तर्गत  ग्राम  पञ्चायतको  स्थापना  आर्को  प्रमाण  हो  ।

 नेपाली  काँग्रेसले  आफ्नो  नेतृत्व  कायम  राखिरहने  हो  भने  सरकारद्वारा  भइरहेको  सन्तोषजनक  कामहरूको  अहिलेसम्म  नगर्न  सकेका  कुराहरू  छन्  भने  या  गर्नुपर्ने  कुराहरू  छन्  भने  त्यतापट्टि  पनि  देशको  ध्यान  आकर्षित  गर्नु  पर्छ  ।  प्रशासकीय  यन्त्रको  दारुण  शिथिलताले  कसलाई  अधीर पार्दैन ? यसमा चुस्ती ल्याउने काम अझै गर्नु छ । प्रशासकीय  भ्रष्टाचारको  निर्मूलन  एउटा  ठूलो  कुरा  छ,  जो  पनि गर्न बाँकी नै छ । यो कार्य त्यति सजिलो छैन । त्यसमा झन् प्रजातान्त्रिक आधारमा कारबाही गर्नुपर्ने हुनाले यसको कठिनता झन् बढ्न गएको छ । यसको अतिरिक्त समाजको वातावरण  पनि  भ्रष्टाचारको  प्रतिकूल  पार्ने  हुनुपर्छ;  यस  कार्यमा पार्टीको जिम्मेदारी पनि छ । त्यस्तै जमिनको वितरण र नयाँ जमिनमा पुनर्वासको व्यवस्था, भूमि सेनाको स्थापना प्रभृति कामहरू अझै गर्न बाँकी छ जतापट्टि अव शीघ्रताका साथ  हामीहरूको  ध्यान  जानुपर्दछ  ।

मेरो  भन्ने  तात्पर्य  के  भने  देशको  नेतृत्व  लिने  संस्थाले  सरकारको  क्षमताको  सही  मूल्याङ्कन  गरी  यसबाट  सम्पन्न  हुनसकेको  कार्यको  सराहना  र  गर्न  बाँकी  रहेको  कार्यहरूका  सम्बन्धमा  स्वस्थ  आलोचना गर्नुपर्छ ।साथीहरू   हो,   अब   म   पार्टीका   सम्बन्धमा   केही  शब्द  भन्न  चाहन्छु  ।  जस्तो  मैले  पहिले  नै  भनिसकेको  छु  कि  नयाँ  समाज–सामन्ती  समाजलाई  औद्योगिक,  प्रजातान्त्रिक  अर्थात्  समाजवादी  समाजमा  परिणत  गर्ने  क्रान्तिकारी  जिम्मेदारी  इतिहासले  नेपाली  काँग्रेसलाई  सौंपेको  छ  ।  यदि  यस  पार्टीले  इतिहासको  यस  क्रान्तिकारी  लक्ष्यलाई  पूरा  गर्न  सक्ने  क्षमतालाई  हामीले  कार्यद्वारा  प्रमाणित  गर्न  सकेनौँ  भने  इतिहासले  आर्को हतियार निर्मित गर्छ । त्यसो हुनाले हामी सबैले हाम्रो  संस्थालाई  इतिहासको  हतियार  सम्झेर  यसलाई  सफा  र  उज्ज्वल  राखेर  सही  अर्थमा  एउटा  हतियार  जस्तै  प्रभावयुक्त  बनाउनु  पर्दछ  ।  पार्टीको  सङ्गठन  त्यति सन्तोषजनक छैन । यस त्रुटिलाई हटाउनका लागि यस  अधिवेशनमा  पार्टीको  विधानमा  अनुकूल  परिवर्तन  गर्ने  आवश्यकता  बुझेर  केही  संशोधन  पनि  ल्याउनुपर्ने  भएको  छ  ।  

सर्वप्रथम  पार्टीको  सङ्गठन  ठीक  पार्ने  हो  भने  विधानको  पूर्णरूपले  पालन  गर्ने  बानी  हामी  सबैमा  हुनुपर्छ  ।  पार्टीको  दैनिक  जीवनका  कार्यहरू  सुचारु  रूपले  सम्पन्न  भइरहनु  पर्छ  ।  तर  विधान  जस्तोसुकै  राम्रो  बनाए  पनि  पार्टीको  सङ्गठन  र  शक्तिको  आधार  त्यसका  सदस्यहरू  हुन्  ।  प्रत्येक  सदस्यले  आफूलाई  पार्टीको  जिम्मेदारी  व्यक्ति  भन्ठान्नु  पर्दछ  र  आफूमा  यस्तो  विश्वास  हुनु  पर्दछ  कि  देशको  नयाँ  जीवनको  निर्माण  आफ्नो हातबाट हुन थालिरहेको छ । पार्टीका सदस्यहरूले सानोतिनो  भावना,  स्वार्थता,  द्वेष  इत्यादि  घातक  प्रवृत्तिबाट  आफूलाई चोखो राख्नुपर्छ ।

मलाई थाहा छ कि यो कार्य अत्यन्त कठिन छ, तर हामी सबैले यो सत्यलाई बिर्सन हुन्न  कि  कठिन  कार्य  सम्पन्न  गर्न  सक्ने  क्षमता  भए  मात्र इतिहासको हतियार हामी बन्न सक्दछौँ । प्रत्येक सदस्यमा उच्च नैतिकता स्थापित रहनुपर्छ । जनताको मध्यमा   नेपाली   काँग्रेसका   सदस्यहरूले   आफ्नो   आचरण  र  नैतिकताको  बलले  आफूलाई  नेता  प्रमाणित  गर्न  सक्नुपर्छ  र  त्यस  प्रकार  जनताका  बीच  आफूलाई  प्रभावयुक्त  बनाउन  सक्नुपर्छ  ।  शासन  व्यवस्थामा  पनि  अधिकारको  प्रयोगले  आफ्नो  प्रभाव  पार्न  सकिन्न;  आफ्नो  नैतिकताको  बलले  प्रभाव  पार्न  सकिन्छ  ।  अनुशासन, इमानदारी, सादगी, निस्वार्थता, यस्ता गुण हुन्  जसको  शक्ति  असीम  छ  ।  यी  गुणहरूलाई  नसँगालेर  इतिहासको  क्रान्तिकारी  संस्थाको  सदस्य  हुन  पाइँदैन  ।

 हाम्रो  देशको  सामुन्ने  एउटा  उज्ज्वल  भविष्य  छ,  आजको  स्वार्थले  हामी  त्यो  उज्ज्वल  भविष्यलाई  नधमिल्याऔँ  ।  हामीहरूले  चार  गुणलाई  अँगाल्नुपर्छ ः(१) अनुशासन ।(२) इमानदारी ।(३) सादगी । (४) निस्वार्थता ।र दुई दुर्गुणलाई त्याग्नुपर्छ ः(१) स्थानीय भावना । (२) गुटबन्दी ।आज देश र विदेश सबैको दृष्टि हामीमाथि परिरहेको छ । स्वयं नेपाल नै दोबाटोमा उभिरहेको छ । एउटा बाटो उन्नतिको  छ;  विकासको  बाटो  छ;  उज्ज्वल  भविष्यको–आर्को  बाटो  अवन्नतिको  बाटो  छ,  भविष्य  नभएको  अन्धकारको गतिको बाटो । नेपाली काँग्रेसले देशलाई कुन बाटोमा  लैजाने  हो  ?  यो  प्रश्न  सबैको  हृदयमा  उठिरहेको  छ  ।

 के  हामी  इतिहासको  मर्मलाई  बुझ्दैनौँ  ?  निश्चय  नै  हामीले  त्यो  मर्मलाई  बुझेका  छौँ  ।  देशलाई  उज्ज्वल  भविष्यको  बाटोमा  लैजाने  हाम्रो  अठोट  छ  ।  त्यसैले  त  देशको  कुना  कुनाबाट  आफ्नो  आफ्नो  हृदयमा  उत्साहको  पोको लिएर आज हामी यहाँ एकत्रित भएका छौँ ।जय नेपाल,समाजवाद अमर होस्

-बीपी  कोइरालाको  सम्बोधन  गोरखापत्र  छापाखानामा  मुद्रित भएको थियो । गोरखापत्र बाट साभार