२४ भाद्र २०८३, बुधबार
,
Latest
टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानविरुद्ध मुद्दा दर्ता : लुटपाट, हिंसा, आपराधिक गतिविधि र धम्काएको आरोप



अ+ अ-

बलिउडका दबंग स्टार भनेर चिनिने सलमान खानमाथि मुद्दा दर्ता गरिएको छ । भारतीय संचार माध्यम एएनआईले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । उसको अनुसार सलमान खानविरुद्ध पत्रकार अशोक पाण्डेयले आपराधिक मुद्दा दर्ता गराएका हुन् ।

पत्रकार अशोक पाण्डेयले उनीविरुद्ध लुटपाट, हिंसा, आपराधिक गतिविधि र धम्काएको आरोप लगाएका छन् । उनले सलमान खानले साइकल चलाइरहेको देखेपछि भिडियो बनाउने कोसिस गरेपछि जुन घटना भयो, त्यसमा आपत्ति जनाउँदै मुद्दा दर्ता गरेका हुन् ।

पाण्डेयले अंधेरीको अतिरिक्त मुख्य मेट्रोपोलिटन मेजिस्ट्रेट आर खानको अदालतमा चोट पुर्याएको, लुटपाट र आपराधिक धम्की दिएको भन्दै मुद्दा दर्ता गरेका छन् ।

ऊजुरीको आधारमा कथित घटना अप्रिल २४ तारिख बिहानको हो । जब सलमान खान साइकल चलाइरहेका थिए र उनका दुई अंगरक्षक उनीसँगै थिए । पाण्डेयका अनुसार उनी कारमा यात्रा गरिरहेका थिए र अभिनेतालाई देखेपछि उनको भिडियो बनाउन उनका अंगरक्षकसँग सहमती लिएका थिए । यद्यपि, सलमान खान त्यसपछि रिसाए जसका कारण उनका बडिगार्ड उनको कारतर्फ बढेर उनलाई कुटपिट गर्न थाले ।

सलमानले उनीमाथि कुटपिट गरेको र उनको मोबाइल खोसेको पाण्डेयको आरोप छ । पुलिसले उनको उजुरी नलेखेपछि आफू यसका लागि अदालत नै जानु परेको उनले बताए । उक्त आवेदनमा १२ जुलाईमा सुनुवाई हुनेछ ।