७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनी प्रशिक्षकको प्रश्न : मेस्सीलाई किन रातो कार्ड दिइयो ?



अ+ अ-

काठमाडौं । अर्जेन्टिना र चिलीबीचको खेलमा उत्पन्न भएको विवादले यतिबेला निकै चर्चा पाइरहेको छ ।

खेलमा अर्जेन्टिनाले २–० को अग्रता बनाई सकेको थियो । खेलमा अर्जेन्टिनाले १२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका थिए । १० मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

तर खेलको ३७ औं मिनेटमा अर्जेन्टिनालाई नराम्रो झड्का लाग्यो, जब मेस्सीले रातो कार्ड पाए । उनीसँगै चिलीका ग्यारी मेडलले पनि रातो कार्ड पाए ।यो मेस्सीको करियरकै दोस्रो रातो कार्ड हो ।

खेल सकेपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पनि मेस्सीलाई रातो कार्ड दिनु गलत भएको बताएका छन् ।

तेस्रो स्थानको प्रमाणपत्र वितरण कार्यक्रममा कप्तान मेस्सीले प्रमाणपत्र लिन नै मानेनन् । मेस्सीले ब्राजिललाई जिताउन ब्यापक अनियमितता भएको भन्दै चर्को आलोचना गरिरहेका छन् भने रेफ्रीको निर्णय प्रति खुलेरै विरोध गरिरहेका छन् । मेस्सीले भनेका छन्, ‘कोपा अमेरिका कपमा ब्राजिललाई जिताउन भ्रष्टाचार भएको छ । यो भ्रष्टाचारको हिस्सा अर्जेन्टिना बन्न सक्दैन ।’

उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको बताए। ‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेस्सीले भने ।‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न । म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसैका कारण म शान्त पनि छु,’ उनले भने ।

रातो कार्डको सम्बन्धमा मेस्सीले ब्राजिलका बारेमा केही बोलेका कारण आज त्यसको प्रतिशोध लिएको प्रतिक्रिया दिए ।‘पछिल्लो पटक ब्राजिलको विरुद्ध जे भनेँ, त्यसको प्रतिशोध लिएका हुन् । त्यो घटनामा पहेँलो कार्ड पर्याप्त थियो ।’

उनले भनेका छन्, ‘हामी यो कोपा अमेरिका कपको दौरानमा भएको भ्रष्टाचारको हिस्सा बन्न चाहन्दैनौं ।’

भ्रष्टाचार भएको भन्दै उनले मेडल पनि लिएनन् । उनले भने, ‘ ग्यारी मेडलले सीमा नाघिसकेका थिए । रेफ्रीले यस्तो निर्णय गर्छ भन्ने लागेको थिएन । भीआर हेर्नुपर्थ्यो ।’

प्रशिक्षक स्कालोनीले पनि रेफ्री र भीएरमाथि प्रश्न उठाएका छन् । ‘मैले अहिलेसम्म पनि बुझ्न सकिरहेको छैन मेस्सीले के गल्ती गरेको थियो र रेड कार्ड दिइयो ?’ पत्रकार सम्मेलनमा आक्रोशित हुँदै स्कालोनीले भने ।

‘मलाई लाग्छ हामीले फाइनल खेल्नुपर्थ्यो । तर हामी तेस्रो स्थानको खेल जित्नेको सान्त्वना पुरस्कार मिल्यो । जुन हामीले गर्नु थियो’, प्रशिक्षक स्कालोनीले थपे ।

चिलीलाई २–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलमा तेस्रो स्थान हासिल गर्न सफल भयो ।

यो संस्करणमा सुरुदेखि नै प्रतियोगिता व्यवस्थापनको आलोचना गर्दै आएका उनले ब्राजिललाई विजेता बनाउन सबै काम भएको दाबी गर्दै आएका छन् । ब्राजिलसँग सेमिफाइनलमा हारेपछि अर्जेन्टिनाले रेफ्रिविरुद्ध उजुरीसमेत दिएको छ ।

मेस्सी कोपा अमेरिका जित्न चाहन्थे तर, सेमिफाइनलमा ब्राजिल बाधक बन्यो । चेलीलाई हराउँदै अर्जेन्टिना तेस्रो त भयो तर, मेस्सीले रातो कार्डसँगै प्रतियोगिता अन्त्य गरे । मेस्सीका लागि यो प्रतियोगिता निकै खल्लो भयो । प्रतियोगितामा उनले एक गोल पनि गर्न सकेनन् ।