१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप



अ+ अ-

बेइजिङ । संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ ।

चीनको उक्त भनाई अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै इरानमाथि लगाइएका आर्थिक नाकाबन्दीपछि इरानले यूरानियम सम्वृद्धिकरणको उच्च सीमालाई तोड्ने घोषणापछि आएको हो ।

“तथ्यले यो बताइसकेको छ कि एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिइसकेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्क्ता गेङ सुआङले बेइजिङमा भएको नियमित पत्रकार भेटमा भन्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकाले इरानमाथि सिर्जना गरेको अत्यधिक दवाब इरानी आणविक सङ्कटको कारण हो ।”

यदि सन् २०१५ मा इरानसँग विभिन्न शक्ति राष्ट्रद्वारा गरिएको आणविक सम्झौताका हस्ताक्षरकर्ताले अमेरिकाले इरानी सामान निर्यातलाई रोक्न गरेको आर्थिक नाकावन्दीविरूद्ध यथोचित कदम नचालेमा आगामी ६० दिनमा इरानले सम्झौतालाई मानिराख्न बाध्य नहुने चेताउनी दिएको थियो ।

इरानले सन् २०१५ को आणविक सम्झौतामा यदि आफूमाथि लगाइएका प्रतिबन्ध हटाइएमा उसले हतियार निर्माणलाई व्यापक कटौति गर्ने प्रतिवद्धता गरेको थियो । सम्झौतामा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा अमेरिका, बेलायत, रूस, चीन, फ्रान्स, जर्मनीका र इरानले हस्ताक्षर गरेका थिए ।

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा समेत इरानसँगको आणविक सम्झौता न्यायसङ्गत नभएको र यसबाट अमेरिका पछि हट्नुपर्ने धारणा राखेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अमेरिकालाई मान्य नहुने भन्दै गत बर्षको मे मा फिर्ता हुने घोषणा गर्नुभएको थियो ।

वासिङ्टनले इरानमाथि गत बर्षको अगस्टदेखि आर्थिक नाकावन्दीको घोषणा गर्दै इरानबाट हुने तेल निर्यात, बैंकिङ प्रणालीलगायतका महत्वपूर्ण क्षेत्रहरूमा लक्षित गरी एकतर्फी आर्थिक आक्रमण गरेपछि समस्याले थप जटील मोड लिएको छ ।

जर्मनीले तेहरानद्वारा यूरानियमको भण्डारणलाई बढाउने निर्णयको विरोध गर्दै इरानलाई सम्झौताविपरीत कुनै पनि काम नगर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्क्ता गेङले पनि तेहरानको यूरानियम भण्डारमा कटौति गर्ने आणविकसम्झौता सम्बन्धी निर्णयबाट फिर्ता आउने तयारीप्रति दुःख प्रकट गर्नुभएको छ ।