१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारः नेप्सेको ओरालो यात्रा कायमै



अ+ अ-

काठमाडौँ- आइतबार जस्तै आज पनि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.७० विन्दुले घटेर एक हजार २४७.३५ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५६ विन्दुले घटेर २६८.७९ मा झरेको छ । नेप्से घट्दा कारोवार रकम भने झण्डै रु ६० करोडको हाराहारीमा रहेको छ । कूल १७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता शेयर रु ५९ करोड १० लाख ५३ हजार ८१२ मूल्यमा कारोवार भएको छ ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । जलविद्युत् २.४ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४९, होटल ०.९२, विकास बैंक ६.७१, वित्त २.६९, निर्जीवन बीमा ६३.२२, उत्पादन ८.०४, अन्य ३.१७, लघुवित्त ६.५ र जीवन बीमा ६४.०८ विन्दुले घटेको छ ।

स्टकका अनुसार आज प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको रु ११ करोड ४५ लाख ७० हजार बराबरको कारोवार भयो । यस्तै सिभिल बैंक रु तीन करोड ८० लाख २० हजार ९९६, साल्ट टे«डिङ कर्पाेरेशनको रु तीन करोड आठ हजार, प्रभु बैंकको रु दुई करोड ७६ लाख २० हजार ३३९, नेपाल बैंक लिमिटेडको रु दुई करोड ३६ लाख ८६ हजार ८८८, सेञ्चुरी बैंकको रु एक करोड ७५ लाख सात हजार ७७३ र मेगा बैंकको रु एक करोड ६० लाख ४८ हजार ३१० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै आँखु खोला जलविद्युत् कम्पनी ७.०४, अरुण काबेली पावर ३.८५, घलेम्दी हाइड्रो ३.६१, सिनर्जी पावर ३.३७, र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ३.२५ प्रतिशतले कमाए । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले गुमाए । रैराङ हाइड्रोपावर ५.३०, वेस्ट फाइनान्स कम्पनी ४.७६, सगरमाथा इन्स्योरेन्स ३.८७, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.८४ र समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७७ प्रतिशतले गुमाए ।