सोलुखुम्बु । काँकरभिट्टाबाट सोलुखुम्बु जादै गरेको बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यू भएको छ भने १४ जना घाइते भएका छन्। ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा बस दुर्घटना भएको हो ।
मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान करिब ४ बजे दुर्घटना हुँदा बसका चालक झापा घर भएका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धाँमीको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार गम्भीर घाइते ३ जनालाई उपचारका लागि काठमाण्डौ पठाईएको र अन्यलाई घाइते पनि काठमाण्डौ पठाउने तयारी गरिएको छ। बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्।