काठमाडौं । मोरङमा स्थानीयको आक्रमण बाट प्रहरी जवान उर्मिला श्रेष्ठ मारिनु भएको छ। यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।झडपका क्रममा प्रदर्शनकारीहरुले प्रहरी श्रेष्ठको घाँटीमा चक्कु प्रकार गरेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
बिद्यालयमा अध्ययनरत १३ वर्षीया छात्रालाई शिक्षक मनोज पौडेलले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर थप ७ जना प्रहरी घाइते भएका छन् ।भीडको आक्रमणबाट मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसमेत घाइते भएका छन् ।