२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’



अ+ अ-

काठमाडौं । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको रामबाबु गुरुङ निर्देशन चलचित्र ‘सेन्टी भाइरस’को निर्माणको घोषणा भएको छ । यसअघि सो चलचित्रको निर्माण गर्ने कुरा बजारमा चलेको मात्रै थियो । साथै चलचित्र बजारमा ‘एन्टी भाइरसदेखि छल कपट’सम्म चर्चामा थियो ।

सामाजिक कथावस्तुमै बन्ने कमेडी जनराको चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहनेछ ।

कार्यक्रममा बोल्दै कलाकार तथा प्रस्तुतकर्ता सितारामले गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढिरहेको कुरा पनि निकाले रडीपीआर दशैंसम्म सकिन्छ होला भन्ने कुरा पनि बताए । र यो भन्दा अगाडि नै आफुहरुले चलचित्र छायांकन सक्ने पनि बताए ।

यस्तै, कलाकार कुञ्जना घिमिरेले चलचित्रको नाम सेन्टी भाइरस भएपनि आफुहरु भने रमाइलो भाइरस भएको भन्दै सबैलाई कार्यक्रममा हसाएका थिए । सो चलचित्र सुबिहानी फिल्मस् प्रा.लिको ब्यानरमा बन्नेछ ।