१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म हरेक रात रुँदै सुत्दथें: विद्या बालन



अ+ अ-

अभिनेत्री विद्या बालनले आज आफू सफल अभिनेत्रीको रुपमा स्थापित भए पनि कुनै बेला उनले निकै संघर्ष गर्नु परेको कुरा उल्लेख गरेकी हुन् ।

मुम्बईबाट प्रकाशित हुने एउटा पत्रिकालाई अन्तर्वार्ता दिदै उनले एक समय काम पाउनै छाडेको खुलासा गरेकी हुन् । त्यो बेला उनी प्रत्येक रात आँखाभरी आँशु राखेर सुत्थिन् ।

बालले भनेकी छिन्–कुनै बेला त्यस्तो पनि थियो, जति बेला म हरेक रात रुँदै सुत्दथें ।’ आफ्नो संघर्षको दिनहरु सम्झदै उनले भनेकी छिन्-‘दक्षिण भारतको फिल्म उद्योगमा मैले लगातार तीन वर्षसम्म रिजेक्सनको सामना गर्नु परेको थियो ।

त्यो बेला म राती-राती रुन बाहेक अरु केही गर्न सक्दिन थिएँ । तर भोलिपल्ट बिहान पुनः संघर्षका लागि तयार भैसकेकी हुन्थें । बिहान आफ्नै खुट्टामा उभिएर, अनुहारमा मुस्कान तथा एउटा ठूलो आशासहित म पुनः कामको खोजिमा निस्किन्थें ।’

त्यसो त विद्या बालनको जीवनमा एक समय त्यस्तो पनि आएको थियो जब उनलाई लगातार आठ वटा बायोपिकबाट प्रस्ताव आएका थिए । तर उनले ती मध्ये एमएस सुब्बूलक्ष्मीबाहेक अन्य कुनै पनि बायोपिकमा काम गरिनन् ।

विद्यालाई मीना कुमारीको बायोपिकमा काम गर्न मन थियो तर आजसम्म उनीसमक्ष कसैले पनि यसका लागि प्रस्ताव लिएर आएका छैनन् । आज पनि उनी उक्त फिल्ममा काम गर्न इच्छुक छिन् ।

विद्या बालनले ठूलै संघर्ष र कडा मेहनतपछि मात्र बलिउडमा एउटा ठूलो नाम बनाउन सफल भएकी हुन् । विद्या वालन प्रदर्शनको तयारीमा रहेको नयाँ फिल्म ‘मिशन मंगल’ देखिंदैछिन्, जुन मार्स अर्बिटर मिसनमा आधारित छ ।यो फिल्म यही शुक्रवार प्रदर्शन हुँदैछ । उनी मिशन मंगल फिल्ममा अक्षय कुमार, सोनाक्षी सिन्हा, तापसी पन्नू तथा कीर्ति कुल्हरीसंगै देखिने छिन् ।